Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विकासले गति लिँदैछ दुर्गम गाउँमा

खबरडबली संवाददाता

बागलुङ ।  काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ ।

चालु आर्थिक वर्षमा यस वडामा सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

लेखानीमा विनियोजित रकममध्ये पाँच करोड ५५ लाख सङ्घीय र ९० लाख प्रदेश सरकारबाट तथा ८८ लाख ६४ हजार काठेखोला गाउँपालिकाबाट विनियोजन भएको गाउँपालिका कार्यालयले जनाएको छ । 

चालु आवमा पदमार्गका नौ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट गरी रू ५८ लाख ७४ हजार चार सय विनियोजन भएको काठेखोला–८ का वडाध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरबाटो निर्माणका लागि छ योजनामा गाउँपालिका, गण्डकी प्रदेश र सङ्घीय सरकारको गरी रू पाँच करोड ९९ लाख बजेट व्यवस्थापन भएको हो ।   

दुई खेल मैदान निर्माणका लागि चालु आवमा काठेखोला र गण्डकी प्रदेशले लेखानीमा रू १४ लाख विनियोजन गरेका छन् भने विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा कार्यक्रमका लागि गण्डकी प्रदेशबाट रू पाँच लाख प्राप्त हुनेछ ।   

सिँचाइ तथा खानेपानीका लागि प्रदेश र गाउँपालिकाको १२ लाख, पोखरी तथा ताल निर्माणका दुई योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट ११ लाख, वातावरण संरक्षण तथा झाँडी सरसफाइका लागि गाउँपालिका र सङ्घीय सरकारबाट २३ लाख ९० हजार बजेट विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । सबैभन्दा ठूलो रकम सङ्घीय सरकारबाट सुल्डाँडा लेखानी सेतीचौर देउराली सडक स्तरोन्नतिका लागि रू पाँच करोड विनियोजन भएको प्रवक्ता विकले बताए ।     
ओखले कोटपखेरा बराहथान पहिरो नियन्त्रणका लागि रू २० लाख र थाननेटा गाजा दह हुँदै शान्तिपुर जोड्ने सडक निर्माणका लागि सङ्घीय सरकारबाट रू ३५ लाख विनियोजन भएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।   

सुल्डाँडा लेखानी सेतीचौर देउराल सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट २५ लाख, लेखानी प्रावि हुँदै भट्टेबारी पदमार्गका लागि रू पाँच लाख, काशीराम छन्त्याल प्रावि मर्मतका लागि रू पाँच लाख, सेतीचौर जलाशय निर्माणका लागि १० लाख विनियोजन भएको छ ।     

 त्यस्तै, प्रदेश सरकारबाटै फार्सलखोला कोलेलीडाँडा सिँचाइ कुलोका लागि १० लाख, कादेश आधारभूत विद्यालय खेलमैदान निर्माण गर्न रू पाँच लाख र कादेश चित्रेदेउराली सडक निर्माण गर्न ३० लाख बजेट विनियोजन गरेको वडाध्यक्ष कँडेलले जानकारी दिए ।     

उनका अनुसार काठेखोला गाउँपालिकाबाट भुमेचौर गौडा हुँदै कादेश मोटरबाटोका लागि रू आठ लाख, रोगालखोला माटखत्री पातल पदमार्ग निर्माण गर्न नौ लाख ७४ हजार, सिमथानदेखि डैलेखानी घुम्तीसम्म पदमार्गलाई रू नौ लाख, भुमेचौर माईस्थान च्यानडाँडा हुँदै उपल्लाथर पदमार्ग निर्माण गर्न रू नौ लाख विनियान भएको छ ।     
झाँडी तथा रुख कटानका लागि काठेखोलाबाट तीन लाख ९० हजार, कादेश खानेपानी योजना मर्मतका लागि रू दुई लाख, भुमेचौर खेलमैदान निर्माण गर्न नौ लाख, छेडादेखि वडा कार्यालयसम्म पदमार्गका लागि १० लाख, झरुवापाटा भिरकुना पदमार्गका लागि रू चार लाख विनियोजन गरिएको कँडेलले बताए । 

पीपलबोट भ्यूटावर सेतीचौर पदमार्गलाई चार लाख, सेतीचौर कुटाखर्क हलहले पदमार्गलाई चार लाख, सडक मर्मत सुधार योजनाका लागि चार लाख, पुच्छरघर माईथान पदमार्गलाई रू चार लाख, खाली पोखरी निर्माणका लागि एक लाख र लेखानी स्वास्थ्यचौकी ट्रस निर्माणका तथा मर्मत योजनाका लागि १० लाख विनियोजन भएको कँडेलले जानकारी दिए । उनका अनुसार लेखानीले यसपटक गाउँपालिकाको बजेटबाट १५ वटा योजना बनाएको छ ।

थोरै योजना बनाएर देखिनेगरी बजेट खर्चनुपर्ने वडाध्यक्ष कँडेल बताउनुभयो । यस आवमा गाउँपालिकाले दसैँको छेको पारेर योजना सम्झौतासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । काठेखोला–८ लेखानीले भने त्यसअगावै उपभोक्ता समिति गठन गरेर अधिकांश योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा पुगिसकेको जनाएको छ । 

“अहिलेसम्म यस वडामा जनचाहनाअनुसार विकास हुन सकेको थिएन । विकासका लागि धेरै बजेट चाहिन्छ, गाउँपालिकाको बजेट मात्रै कुरेर बस्ने हो भने काम गर्नै सकिन्न”, वडाध्यक्ष कँडेलले भने, “पालिकामा आउने सीमित बजेट हुन्छ, प्रदेश र सङ्घीय सरकारबाट योजना पार्नसके मात्रै काम देखिने हो । अहिले प्रदेश र सङ्घीय सरकारबाट योजना परेसँगै बजेट पनि ल्याउन सकिएको छ । अब विकासले फड्को मार्नेछ ।”     

गाउँपालिकाका प्रवक्ता विकले वडा नं ८ पछिल्लो समय अब्बल वडा बन्दै गएको बताए । यस वडामा विगतदेखि ससाना योजना परेर काम भए पनि ठूला विकास निर्माण भने कम भएको उनको भनाइ थियो । पालिकाले सबै वडालाई समानुपातिकरुपमा बजेट विनियोजन गर्दै आएको प्रवक्ता विकले बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending