Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

कोशी प्रदेशलाई हराउँदै सबै खेल जित्ने एकमात्र टोली बन्यो एपीएफ

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सोमबारको नतिजापछि एपीएफ क्लब जारी प्रतियोगितामा आफूले खेलेका सबै खेल जित्ने एकमात्र टोली पनि बनेको छ ।  

एपीएफ क्लबले जारी प्रतियोगितामा हालसम्म आफूले खेलेको सबै चारवटै खेलमा सफलता हात पारेको छ । सोमबारको खेलअघि एपीएफ क्लबसँगै कोशी प्रदेश पनि अपराजित रहेको थियो । तर, एपीएफसँग पराजित भएपछि कोशीको विजयी यात्रा टुंगियो । कोशीले तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा दुई विकेट गुमाएर ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले १७।३ ओभरमा केवल दुई विकेट गुमाएर ९० रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

एपीएफ क्लबका लागि ओपनर ज्योति पाण्डेले २४ रनको योगदान गरिन् । उनले ३९ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । कप्तान सीता रानामगर २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाउँदै आउट भइन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दू बर्माले अविजित ३६ रन बनाइन् । उनले केवल ३४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काइन् । रोमा थापा १० रनमा अविजित रहिन् । कोशी प्रदेशका बलर एलिसा खडिया र निशा शाहले एक–एक विकेट लिए ।

त्यसअघि काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशका लागि ओपनर रुबिना क्षेत्रीले ४१ रनको योगदान गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी रुबिनाले ५८ बलमा ६ चौका पनि हिर्काइन् ।

रुबिना र काजल श्रेष्ठले ओपनिङ विकेटका लागि ६३ रनको साझेदारी गरे । काजलले पनि टोलीका लागि अविजित अविजित २५ रनको योगदान गरिन् । उनले ४६ बलमा एक चौका प्रहार गरिन् । अप्सरी बेगमले १५ बलमा १३ रन बनाइन् ।

सबनम राई एक रनमा अविजित रहिन् । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि चार रन पाएको थियो । एपीएफ क्लबकी बलर करुणा भण्डारी र सोनु खड्काले एक–एक विकेट लिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending