काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सोमबारको नतिजापछि एपीएफ क्लब जारी प्रतियोगितामा आफूले खेलेका सबै खेल जित्ने एकमात्र टोली पनि बनेको छ ।
एपीएफ क्लबले जारी प्रतियोगितामा हालसम्म आफूले खेलेको सबै चारवटै खेलमा सफलता हात पारेको छ । सोमबारको खेलअघि एपीएफ क्लबसँगै कोशी प्रदेश पनि अपराजित रहेको थियो । तर, एपीएफसँग पराजित भएपछि कोशीको विजयी यात्रा टुंगियो । कोशीले तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा दुई विकेट गुमाएर ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले १७।३ ओभरमा केवल दुई विकेट गुमाएर ९० रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
एपीएफ क्लबका लागि ओपनर ज्योति पाण्डेले २४ रनको योगदान गरिन् । उनले ३९ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । कप्तान सीता रानामगर २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाउँदै आउट भइन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दू बर्माले अविजित ३६ रन बनाइन् । उनले केवल ३४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काइन् । रोमा थापा १० रनमा अविजित रहिन् । कोशी प्रदेशका बलर एलिसा खडिया र निशा शाहले एक–एक विकेट लिए ।
त्यसअघि काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशका लागि ओपनर रुबिना क्षेत्रीले ४१ रनको योगदान गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी रुबिनाले ५८ बलमा ६ चौका पनि हिर्काइन् ।
रुबिना र काजल श्रेष्ठले ओपनिङ विकेटका लागि ६३ रनको साझेदारी गरे । काजलले पनि टोलीका लागि अविजित अविजित २५ रनको योगदान गरिन् । उनले ४६ बलमा एक चौका प्रहार गरिन् । अप्सरी बेगमले १५ बलमा १३ रन बनाइन् ।
सबनम राई एक रनमा अविजित रहिन् । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि चार रन पाएको थियो । एपीएफ क्लबकी बलर करुणा भण्डारी र सोनु खड्काले एक–एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: