Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

रगतका फाल्सा छादेर नाफाको जिन्दगी पाएकाहरूलाई अवसर दिनुपर्छ

मनाेज भट्टराई
मनाेज भट्टराई

धतुरे ग्याङ र गिरोहको अवरोध छिचोल्दै, परिवारवादको झेउलो पञ्छाउँदै यसपटक खाँटी क्रान्तिकारी प्रचण्डले तन्नेरीहरूलाई संसदमा प्रवेश गराउनुपर्छ भन्ने आम युवाहरुको चाहना रहेको छ ।

काठमाडाैं । यतिबेला राष्ट्रिय सभा निर्वाचनको चर्चा भई रहेको छ । हरेक रानीतिकदलमा राष्ट्रियसभा निर्वाचनमा कसलाई उमेदवार बनाउने चर्चा चली रहेको बेला सत्तारुढदल माओवादी केन्द्रमा युवा पुस्ताका नेताहरुको चर्चा हुन लागेको छ ।

राष्ट्रिय सभाका लागि युवा नेतृत्वको आवस्यकता रहेको अवस्थामा माओवादी केन्द्रमा भने विद्यार्थीकाल देखी रगतका फल्सा छाद्दै माओवादी आन्दोलनलाई उचाईमा पुर्याउनका लागि अग्रमोर्चामा रहेका लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा दिपशिखा, डीपी ढकाल र रञ्जित तामाङ जस्ता तन्नेरीहरुको चर्चा निकै चुलीएको छ ।

पछिल्लो समय झाङ्गिएको पदलुप्तता र अवसरवादका कारण हरेक राजनीतिकदल भित्र आम कार्यकर्ता अनबिज्ञ पक्कै छैनन् । त्यसमा पनि माओवादीमा यी र यस्ता प्रवृत्तिसँग जोडिएर अवसरको राजनिती अङ्गाल्नेहरु को–को हुन आम कार्यकर्तामाझ घाम झै छर्लङ्ग नै रहेको छ ।

मुलतः अवसरवादको प्रमुख विशेसता भनेकै आफू र आफ्नो स्वार्थ पूरा गर्नु र स्वार्थ पूरा नहुने भएपछि स्थान्तरण गर्नु नै हो । यो समस्या माओवादीमा पनि पछिल्लो समय झाँगीँदै गएको छ । विशेषगरि एमाले र माओवादी एकता पछि बनेको नेकपा पछि पार्टीमा यस्ताखाले मान्छेहरु देखा पर्दै आएका छन् । आफ्नो अवसरका लागि केही मान्छेहरु कहिले ओलीको र कहिले प्रचण्डको वरीपरि घुमी रहेका देखिन्छन् । 

जतिबेला पार्टी, आन्दोलन र मुल नेतृत्व माथी घेराबन्दी र आक्रमण सुरु हुन्छ त्यतिबेला ती अवसरवादीहरु पछाडी रहने वा मौन हुने गरेको हामाी सबैले देखेकै कुरा हो । त्यो बेला केही औंलामा गनिने सच्चा क्रान्तिकारीहरु सैन्य भासामा फायर कभर भनेर घेरा बन्दी चिर्ने र मुल नेतृत्व र आन्दोलनलाई रक्षा गर्ने गरेका छन् । यही पंत्तिमा पर्छन लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा, डीपी ढकाल र रञ्जित तामाङहरु ।

जब पर्टी र क्रान्तिकारीहरुले त्यस्ता घेराबन्दीलाई परास्त गर्दै अवसर चुम्न थाल्छ, त्यतिबेला मुल नेतृत्वलाई अवसरवादीहरुले घेरा हाली आफ्नो स्वार्थ अनुकुल अवसरलाई बार्गेनिङको माध्यम बनाउन थाल्ने गर्दछन् । यसरी मौलाउदै गएको आन्तरिक अवसरवादको चपेटामा सच्चा क्रान्तिकारी युवा नेतृत्व बारम्बार पर्दै आएका छन् । यही चपेटामा परेका पत्रहरुमध्य माथि उल्लेखित पात्रहरु पनि पर्ने गरेका छन् ।

माओवादीका आम कार्यकर्ताले सहजै भन्न सक्ने राजन दहाल, सुबोध सापकोटा, सरल सहयात्री, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा, डीपी ढकाल र रञ्जित तामाङ जुन आर्कमा भएपनि नेतृत्व पार्टी र आन्दोलनको रक्षाका निमित्त तुरुन्तै फायर कभर बनेर निक्लने सच्चा लिडर हुन् । आम युवाहरुलाई गर्वको कुरा भए पनि  जब अवसर लिनेबेलामा खुमलटार,खबालुवाटारको गेट र मुल नेतृत्व वरिपरि  अवसरवादी खेमाको घेराबन्दी हुने गरेको र अवसर पाउनु पर्ने मान्छेहरु अवसरबाट बन्चित भएको हामीले देख्दै भोग्दै आएको हो  ।

पार्टी नेतृत्वले अवसरबादीहरुलाई परास्त गर्दै सच्चा क्रान्तिकारी युवा जो पार्टी, आन्दोलन र मुल नेतृत्व को फायर कभर बनेका छन उनीहरुलाइ अवसर नदिने हो भने भोलि आन्दोलन नै भुसको आगो बनेर तहसनहस नहोला भन्न सकिन्न ।

यसपालिको अवसर जो मुल नेतृत्व र आन्दोलनको रक्षाका निमित्त फ्रन्ट डिफेन्स लाइनमा लडेका छन् एकपटक राष्ट्रिय सभामा अवसर दिनु पर्छ भन्ने आम युवा हरुको एक आवाज, चाहाना र माग रहेको छ । युवाहरुको चाहनालाई पार्टी नेतृत्व र पार्टी हेडक्वाटरले सम्बोधन गर्नेमा आम कार्यकर्ता आशावादी रहेका छन् ।

वर्ग दुष्ट, रक्त पिपासुहरूको बगवास बन्द गराउन पनि तन्नेरी पुस्ता जो क्रान्तिकारी छन् तिनीहरूलाई संसदको ढोका खोलि दिनुपर्छ भन्ने युवाहरुको माग रहेको छ । प्रचण्डले एउटैलाई ८–१० पटक मन्त्री बनाएर उनीहरूकै चङ्गोलमा रमाउने गिरोहको नाइके बन्न हुन्न भन्ने आम कार्यकर्ताको बुझाई रहेको छ । धतुरे ग्याङ र गिरोहको अवरोध छिचोल्दै, परिवारवादको झेउलो पञ्छाउँदै यसपटक खाँटी क्रान्तिकारी प्रचण्डले तन्नेरीहरूलाई संसदमा प्रवेश गराउनुपर्छ भन्ने आम युवाहरुको चाहना रहेको छ । 

यो वा त्यो बहनामा पटक पटक अवसर र पद लिने तर आफ्नो पदिय जिम्मेवारी बहन नगर्ने जनतासंग प्रत्यक्ष नजोडिनेहरूलाई खबरदारी गर्दै पार्टी भित्रको चाकडीबाद नाताबाद धनबादलाई बन्द गरेर आशाका खम्बाहरूलाई अबको राष्ट्रिय सभामा लैजानु आजको आवश्यकता हो  । पार्टी भित्रका नराम्रो गतिविधि विरुद खÞबरदारी अनि नवीन सुधारात्मक पद्धतिहरूको थालनी हुनका लागि पनि यी युवा पुस्ताका ढुकढुकीहरुलाई राष्ट्रिय सभामा लैजानु पर्ने कार्यकर्ताको माग रहेको छ ।

पार्टीको केन्द्रीय कमिटीमा ४० वर्ष मुनीका २०५ युवालाई प्रवेश गराएका माओवादी अध्यक्ष प्रचण्डले लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा, डीपी ढकाल र रञ्जित तामाङ जस्ता गणतन्त्र नेपालको स्थापनाका निम्ति खुनका फाल्सा–फाल्सा छादेर नाफाको जिन्दगी पाएका तन्नेरीहरूलाई राष्ट्रिय सभामा प्रवेश गराउनुपर्छ । आफ्नो वर्गप्रति बफादार र दुष्ट अत्याचारी विरुद्ध मैदानमा लड्न तयार पुस्तालाई अवसर दिनुपर्छ भन्ने माओवादी बृत्तमा चर्चा चुलीएको छ । 

आगामी राष्ट्रिय सभाको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट कसैको परिवारवाद नझल्कीयोस र विगतमा हारेकोलाई मनोनीत गरेको जस्तो पनि यो पटक नहोस भन्ने चाहना आम कार्यकर्तामा रहेको छ ।  नयाँ र क्षमता भएकोलाई प्रथामिकता दिइ पार्टीमा युवाहरुको आकर्षण पैदा गर्न सक्ने र राष्ट्रिय सभामा प्रभावकारी भुमिका खेल्न सक्ने यो शक्तिलाई संसदमा  लगियोस भन्ने आम कार्यकर्ताको भावना देखिन्छ ।

युग बदल्न हिँडेका क्रान्तिकारी नेता प्रचण्डले आगामि राष्ट्रिय सभाको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट जनताको काम गर्न सक्ने पार्टी निम्ति सदावाहार कुशल नेतृत्व गर्न सक्ने युवाहरुको आशा र भरोसा को केन्द्रबिन्दु  रहेका यी तन्नेरी युवा तथा बौद्धिक ब्यक्तिहरुलाई अवसर दिन पर्छ भन्ने माओवादी वृत्तमा व्यापक बहस हुन लागेको छ । युवाहरुको नेतृत्व रास्टिय सभामा अनिबार्य होस् भनेर युबाहरुको तर्फबाट पार्टीलाई दबाब समेत दिन थालिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending