काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा तीन अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा सबै खर्च कटाएर खुद सञ्चालन मुनाफा तीन अर्ब ४९ करोड १५ लाख रहेको बताएका हुन् ।
उनले प्राधिकरणको आय ‘एड्ओटिकल’ तर्फ ११ अर्ब ७२ करोड १७ लाख र ‘नन्एड्ओटीकल’ तर्फ एक अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड तीन लाख आम्दानी भएको जानकारी दिए । पुँजीगत खर्चतर्फ सात अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ चार अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च चार अर्ब १५ करोड पाँच लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उनले उल्लेख गरे ।
उनले प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताए । आर्थिक वर्ष २०५६र५७ मा प्राधिकरणको आम्दानी ९१ करोड ८४ लाख रहेकामा आर्थिक वर्ष २०७९र८० मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको उनले सुनाए ।
उनले सन् २०२३ को अन्त्यमा आइपुग्दा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको बताए । कोरोनाका कारण आर्थिक रूपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै स्थितिमा फर्किएको उनले उल्लेख गरे ।
उनले सन् २०२३ डिसेम्बरसम्म हवाई उडानमा यात्रुको संख्या कोरोना पूर्व कै अवस्थामा फर्किएको बताए । २०२२ को नोभेम्बरसम्म त्रिभुवन र भैरहवा दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाईयात्रा गर्नेको संख्या २९ लाख ४५ हजार ५४० रहेकामा २०२३ नोभेम्बरसम्म तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्नेको संख्या ४१ लाख ५४ हजार ३९३ पुगेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: