काठमाडौं । चलचित्रको कलाकार आफ्नो फिल्मको प्रचारमा सक्रिय हुनु अनौठो कुरा हैन । तर, सौगात मल्ल लागिपर्नु चाहिँ निर्माताका लागि आश्चर्यकै कुरा हो । किनकि सौगात फिल्मको प्रचारमै विरलै लाग्छन् ।
तर, यसपालि सौगात ‘हात्तीछाप’ प्रचारका लागि जिल्ला दौडाहामा छन् । शनिबार नेपालगञ्ज महोत्सवमा फिल्मको प्रचारका लागि निर्माता किरण नेपाली र कमलमणि नेपालसँग रहेका उनले आइतबार लम्कीमा रहेको महोत्सवमा फिल्मको प्रचार गरेका थिए ।
सौगात यसरी प्रचार सक्रिय हुने कारण चाहिँ यो फिल्मका कलाकार भएर मात्र होइन । विश्वस्त स्रोतका अनुसार सौगात यो फिल्मको कमाइका हिस्सेदार पनि हुन् । उनले न्यूनतम् पारिश्रमिक लिएर यो फिल्मको मुनाफामा साझेदारी रहने गरी काम गरेका हुन् । सौगातको प्रचारको दौडधुपलाई अहिले यही आयामसँग जोडेर हेरिएको हो ।
माघ २६ मा प्रदर्शनमा आउन लागेको चलचित्रमा सौगातबाहेक दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - ०९:४६
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...
आश्विन ६ गते, २०८१ - ०९:४४
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...
आश्विन ६ गते, २०८१ - ०९:३८
रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...
आश्विन ६ गते, २०८१ - ०९:३४
काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...
आश्विन ६ गते, २०८१ - ०९:२८
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...
आश्विन ६ गते, २०८१ - ०९:२१
बनेपा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...
आश्विन ६ गते, २०८१ - ०९:१५
काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...
आश्विन ६ गते, २०८१ - ०९:०४
बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...
आश्विन ६ गते, २०८१ - ०९:००
न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...
आश्विन ६ गते, २०८१ - ०८:५७
काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...
प्रतिकृया लेख्नुहोस्: