काठमाडौं । मिस नेपाल श्रीच्छा प्रधानले आफुलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मुल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।
ललितपुरको जावलाखेलमा संचालनमा आएको क्वीन कलेक्सनमा प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको बताईन्। ‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मुल्य सुहाउदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफुले चाँहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहक प्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्बेवार हुने गरेको आफुले पाएको उनले सुनाइन् ।्
‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ । अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउछु’ उनले थपिन् । प्रधान ‘मिस वल्र्ड’को तयारी गरिरहेकी छन् । ‘मिस वल्र्ड’को प्लेटर्फममा पनि उनले नेपाली बिभिन्न कलासंस्कृति र बातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन् । त्यसका लागि उनले नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कूल अफ फेसनसँगको छलफलमा छिन् ।
मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वल्र्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन् । क्वीन कलेक्सन मेनका रानाले संचालनमा ल्याएकी हुन् । मेनका आइआइएफटी स्कूल ओफ फेसन ललितपुरकी बिद्यार्थी हुन् । आफुले अध्यायन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उदेश्यले क्वीन कलेक्सन संचालनमा ल्याएको रानालले बताइन् ।
‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । फेसनको बिभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कूल अफ फेसनसँग जोडिए’, रानाले भनिन् ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोले ।’ फेसनमा गुणस्तरिय र आकर्षक पहिरन सस्तो मुल्यामा उपलब्ध दिन बुटिक संचालन ल्याएको उनको भनाई छ ।
‘मेरो बुटिक भिआइपीदेखि सर्वसाधारणसम्म सबैका लागि हो । मेरो उदेश्य फेसनमा सबैको पाँैच होस् भन्ने छ’ उनले अगाडि थपिन् ‘हामी मानिसको इच्छा अनुसारको डिजाइन समेत तयार गरेर दिन्छौ ।’ कार्यक्रममा आइआइएफटी स्कूल ओफ फेसन इन्तेरिओर डिजाइनका कार्यकारी प्रबन्धक बिपना थापाले आफ्नो स्कुलको बिद्यार्थीले ब्यवसायिक रुपमा अगाडि बढेको देख्दा खुसी लागेको बताइन् । उनले मेनकाको आट र क्रियासिलताबाट आफु प्रभावित भएको बताउदै आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखिन् ।
क्वीन कलेक्सनमा महिलाले फेसनका लागि सबै प्रकारको सेवा प्राप्त गर्न सक्नेछन् । नेपाली पहिरन र कल्चरलाई विशेष प्रथामिकता राखेको यो कलेक्सनमा कल्चरल, फर्मल, पार्टीवेयर, क्याजुअलदेखि सबै प्रकारको ड्रेस पाउन नयाँ बनाउन सकिनेछ ।
विश्व बजारमा चलेका र आकर्षक डिजाइन समेत उपलब्ध हुने बुटिकमा आफुलाई मनपर्ने डिजाइन उचित मुल्यमा तयार गर्न लगाउन पनि सकिनेछ । बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंगसंयोजना समेत विशेष ध्यान दिने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: