काठमाडौँ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता गर्ने तयारी गरेको छ।
एसिसीले प्रतियोगिता चैत २८ देखि वैशाख ११ (अप्रिल १० देखि २३) मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको छ। एसिसीले प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने जनाएको छ।
आयोजकको टुंगो लागेको छैन। यद्यपी एसिसीले यो संस्करणको प्रिमियर कप मध्य पूर्वमा गर्ने जनाएको छ।
प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन्।
यो प्रतियोगिताको विजेता एसिया कप २०२५ मा छनोट हुनेछ। विजेता, उपविजेता र तेस्रो हुने टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप २०२४ खेल्न पाउनेछन्।
गत संस्करणको प्रिमियर कप नेपालले जितेको थियो। नेपालले घरेलु मैदानमा आयोजना भएको प्रतियोगिता जित्दै एसिया कपमा स्थान पक्का गरेको थियो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो। नेपालले सन् २०२४ को टी २० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो।
विश्वकपअघि नेपाललाई कपले राम्रो तयारी गर्ने अवसर मिल्नेछ। एसिसी प्रिमियर कप भएको दुई महिनापछि जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी २० विश्वकप आयोजना हुँदैछ।
यस्तै महिला प्रिमियर कप टी २० प्रतियोगिता माघ २६ देखि गर्ने एसिसीले प्रस्ताव गरेको छ। यो प्रतियोगिता मलेसियामा हुनेछ। जसमा थाइल्यान्ड, युएई, इन्डोनेसिया, नेपाल, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले भाग लिनेछन्।
विजेता र उपविजेता टिम जुलाईमा हुने वुमन्स एसिया कप २०२४ का लागि छनोट हुनेछन्। यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले सन् २०२५ मा हुने वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: