Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अशान्त जिल्लामा यसरी हुँदैछ सेना परिचालन

\"sena\"काठमाडौं । टीकापुरमा भएको नृंशस घटनालगत्तै सोमबार अपराह्न बसेको सुरक्षा समितिको बैठकले कैलाली, बर्दिया, रौतहट र सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी ती जिल्लामा सेना परिचालनको निर्णय गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ बैठकले उपद्रव र अशान्ति रोक्न आवश्यक भएका अन्य ठाउँमा समेत सेना परिचालन गर्ने निर्णय गरेको छ। सबै जिल्लाका प्रजिअलाई परिस्थिति असामान्य बने सेना परिचालन गर्नसक्ने अधिकार बैठकले दिएको हो। कैलाली, बर्दिया, रौतहट र सर्लाहीमा भएका घटनामा दक्षिणतिरबाट भाला र डन्डा लिएर ठूलो संख्यामा मानिसहरू आएको उल्लेख गर्दै यसबारे गम्भीर भएको समितिले उल्लेख गरेको छ। व्यवस्थापिका संसद्मा बैठकमा घटनालगत्तै विशेष समय लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले भने, ुसुरक्षा समितिको निर्णयमा स्थानीय प्रशासन ऐनको दफा ख ९६० अनुसार सेना परिचालनको आदेश दिएको छु।\'
तत्‍काल आदेश
कैलालीको स्थिति काबुबाहिर हुँदै गएको समाचार प्राप्त भएपछि सोमबार दिउँसैदेखि सेना परिचालन गर्न प्रधानमन्त्री इच्छुक देखिए पनि प्रक्रियामा छलफल गर्न केही समय लागेको थियो।
प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई कैलालीमा तत्काल सेना परिचालनको आदेश टेलिफोनबाट दिएको भए पनि फेरि आफ्नै कार्यकक्षमा उपप्रधान तथा गृहमन्त्रीसहित केही मन्त्रीहरू र कामु सेनापतिसहित सुरक्षा प्रमुखहरूको बैठक बोलाएका थिए।
बैठकमा सहभागी कानुनमन्त्री नरहरि आचार्यले दिएको जानकारीअनुसार प्रधानमन्त्री कोइरालाले सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रण गर्न नसकेका ठाउँमा सेनालाई स्थिति नियन्त्रणमा लिन आदेश दिएका हुन्। आचार्यले भने, ‘यो देशव्यापी सेना परिचालनको आदेश होइन, स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा परिचालन गरिएको हो।\'
सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलका अनुसार स्थानीय प्रशासन ऐनको दफा ६ (ख) अनुसार सेनालाई कैलालीमा र कर्फ्यु आदेश जारी गरेका कारण रौतहटको गौरमा पेट्रोलिङमा सेना खटाइएको हो। उनले भने, ‘कैलालीमा जिल्ला सुरक्षा समितिले टीकापुरको निश्चित क्षेत्रलाई दंगाग्रस्त क्षेत्र तोकेपछि स्थानीय प्रशासनको सहयोगीका रूपमा सेना खटाइएको हो।\'
प्रधानमन्त्रीको आदेशपछि सैनिक मुख्यालयले कैलालीका प्रमुख जिल्ला अधिकारीको लिखित अनुरोधमा कैलालीमा रहेको शिवदल गणलाई टीकापुरको स्थिति नियन्त्रणमा लिन निर्देशन दिएको थियो। यसलगत्तै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा बसेको थियो । बैठकमा प्रहरीलाई बिनाहतियार खटाउनुपरेकोबारे छलफल भएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, गृह र रक्षा मन्त्रालयका सचिवहरू तथा नेपाली सेनाका रथीसहितका अधिकृतहरू सहभागी बैठकमा प्रहरीका अधिकृतले मात्रै हतियार बोक्ने अरूले लाठीमात्रै बोक्ने भन्ने निर्देशन गएकाले प्रहरीतर्फ क्षति भएको तर्क प्रस्तुत भएको थियो।
स्रोतका अनुसार गृह मन्त्रालयकै आदेशमा प्रहरीलाई कममात्र बल प्रयोग गर्न भनिएको र सोही आदेशअनुसार प्रहरीको कार्य विभागले लिखित रूपमै अधिकृतले मात्र हतियार बोक्ने, साना दर्जाकाले लाठी र ३० को संख्यामा खटिँदा दुईवटा अ श्रुग्यास गन बोक्ने मापदण्ड तयार गरी निर्देशन जारी गरेको थियो।
कैलाली, रौतहटलगायतका क्षेत्रमा घटना भएपछि राति अबेरसम्म पनि सुरक्षाका विभिन्न बैठकहरू भएका थिए। ती बैठकमा कैलालीमा एउटा एसएलआर, एक पेस्तोल र दुईवटा सर्टगन लुटिएको विवरण पेस गरिएको स्रोतले बतायो।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अन्नपूर्णसँग भने, \'केही हतियार गएको जस्तो छ, पूर्ण विवरण आइसकेको छैन।\' उनले घाइते र लास व्यवस्थापनमा लाग्नुपरेकाले अरू विवरण नआएको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending