Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

झाडीले भरिएको बगर बन्यो सुन्दर खेलमैदान

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।    

मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । “चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो”, उनले भने, “पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।” उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।     

खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ ।     

बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए ।

गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए । “झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ”, उनले भने ।     

गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो ।     

गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ । व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो ।     

गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...

बुटवलमा नेकपाको घरदैलो अभियान तीव्र

परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे

भक्तपुर–२ः मतको खेल कसको फाइदामा ?

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...

इमाडोलमा जलेको बस अझै सडकमैः ६ महिनादेखि अलपत्र हुँँदा दैनिक हजारौं यात्रु प्रभावित

ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...

चुनावी घेराबन्दीमा एमाले: आफ्नै आधार जोगाउनै चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...

खेतमा चिरा, भाषणमा हरियाली: सुक्खा मधेस र चुनावी मौनता

महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...

घोषणापत्रमा चुरे प्राथमिकता, कार्यान्वयनमा कति गम्भीरता ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...

अधिकारदेखि समृद्धिसम्म: मधेसको एजेन्डामा नेकपाको प्रतिवद्धता

जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...

स्थिरता र सुधारको एजेन्डा लिएर मैदानमा नेकपा: ‘तारा’ परिवर्तनको आधार भएको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...

नेकपाकाे निर्वाचन लक्षित ४० बुँदे निर्देशन: बुथदेखि मतगणनासम्म चेन अफ कमाण्डमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE