Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

फुटपाथमा सुरक्षितरुपमा कहिले देखि हिँड्न पाउने ?

फुटपाथका बत्ती र विज्ञापने ठाँडा

डिपी जैशी
डिपी जैशी

गत हप्ता जलस्रोत विकास सँस्थाको साधारणसभामा उपस्थिति भइ घर फर्किँदा साँझ परिसकेको थियो । काठमाडौंमा अहिले यत्रतत्र सोलार बत्तीका ल्याम्प पोष्टहरु राखिएका छन् । महानगरको कार्यालय रहेको स्थान वागदरवार वारि पारिपट्टि पनि यस्तै पोष्टहरुमा बल्ब झुण्डिएका त थिए तर  त्यहाँ कुनै पनि बत्ती बलेको थिएन ।

त्यो फुटपाथ अँध्यारो थियो । कलंकीसम्म हेर्दै जाँदा बाटो वारिपारि यस्ता अनगिन्ती पोष्टहरु ठड्याएका थिए तर त्यहाँका अधिकांश पोलहरुमा बत्ती बलेका थिएनन् । बाटोमा जति उज्यालो थियो त्यो सबै मोटरगाडि मोटरसाइकलहरुको हेडलाइट तथा छेउका घरहरुबाट आएको उज्यालो मात्र थियो ।

केहि दिन पहिले साथीहरुसँगको भेटघाटको बेला रातीको समयमा त्रिपुरेश्वरबाट पुल्चोक सम्म हिँडेर गएको थिएँ । ललितपुर तिरका अधिकांश सडक बत्तीहरु बलेका देखिन्थे भने काठमाडौँ तर्फका अधिकांश बत्तीहरु निभेका थिए । काठमाडौं-ललितपुर बीचको वागमती पुलका सबै बत्तीहरु निभेका देखिन्थे ।

काठमाडौंमा कतै यात्रु प्रतिक्षालयको नाममा फुटपाथ ओगटेर ठाँडाहरु तेर्साइएका छन् भने कतै सडक बत्तीको नाममा सोलार ल्याम्प पोष्टहरु ठड्याइएको छ । यिनीहरु यात्रुको सुबिधा भन्दा पनि बिज्ञापनबाट पैसा कमाउनका लागि टाँगिएको भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

त्यही भएर त  आजकाल काठमाडौंका फुटपाथको बिजोग र सार्वजनिक यातायातमा यात्रा गर्दाको सास्तीले गर्दा सम्पूर्ण समय घरमै बसेर बिताउन थालिएकाे छ ।

राजधानीमा पैदलयात्रुहरुले फुटपाथमा सुरक्षितरुपमा कहिले देखि हिँड्न पाउने होला ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending