Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

फुटपाथमा सुरक्षितरुपमा कहिले देखि हिँड्न पाउने ?

फुटपाथका बत्ती र विज्ञापने ठाँडा

डिपी जैशी
डिपी जैशी

गत हप्ता जलस्रोत विकास सँस्थाको साधारणसभामा उपस्थिति भइ घर फर्किँदा साँझ परिसकेको थियो । काठमाडौंमा अहिले यत्रतत्र सोलार बत्तीका ल्याम्प पोष्टहरु राखिएका छन् । महानगरको कार्यालय रहेको स्थान वागदरवार वारि पारिपट्टि पनि यस्तै पोष्टहरुमा बल्ब झुण्डिएका त थिए तर  त्यहाँ कुनै पनि बत्ती बलेको थिएन ।

त्यो फुटपाथ अँध्यारो थियो । कलंकीसम्म हेर्दै जाँदा बाटो वारिपारि यस्ता अनगिन्ती पोष्टहरु ठड्याएका थिए तर त्यहाँका अधिकांश पोलहरुमा बत्ती बलेका थिएनन् । बाटोमा जति उज्यालो थियो त्यो सबै मोटरगाडि मोटरसाइकलहरुको हेडलाइट तथा छेउका घरहरुबाट आएको उज्यालो मात्र थियो ।

केहि दिन पहिले साथीहरुसँगको भेटघाटको बेला रातीको समयमा त्रिपुरेश्वरबाट पुल्चोक सम्म हिँडेर गएको थिएँ । ललितपुर तिरका अधिकांश सडक बत्तीहरु बलेका देखिन्थे भने काठमाडौँ तर्फका अधिकांश बत्तीहरु निभेका थिए । काठमाडौं-ललितपुर बीचको वागमती पुलका सबै बत्तीहरु निभेका देखिन्थे ।

काठमाडौंमा कतै यात्रु प्रतिक्षालयको नाममा फुटपाथ ओगटेर ठाँडाहरु तेर्साइएका छन् भने कतै सडक बत्तीको नाममा सोलार ल्याम्प पोष्टहरु ठड्याइएको छ । यिनीहरु यात्रुको सुबिधा भन्दा पनि बिज्ञापनबाट पैसा कमाउनका लागि टाँगिएको भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

त्यही भएर त  आजकाल काठमाडौंका फुटपाथको बिजोग र सार्वजनिक यातायातमा यात्रा गर्दाको सास्तीले गर्दा सम्पूर्ण समय घरमै बसेर बिताउन थालिएकाे छ ।

राजधानीमा पैदलयात्रुहरुले फुटपाथमा सुरक्षितरुपमा कहिले देखि हिँड्न पाउने होला ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्पताल उद्घाटनअघि लम्की तनावग्रस्त, मुख्यमन्त्री आउँदै गर्दा सुरक्षा घेरा कडा

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचनामा लाग्याे डाेजर

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्मा खोलाघरभित्रका १०५ संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले यह...

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending