भोजपुर । बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो ।
बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थलको पुनःनिर्माण गरेर बस्तीमा पानी पु¥याएको हो ।
बन्द अवस्थामा रहेको आयोजना सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजनाका अध्यक्ष उद्धवराज त्रितालले बताए ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घर परिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका छन् । अहिले सबै परिवारमा पाइप जडान कार्यसम्पन्न भएकाले केही दिनभित्र सबै परिवारमा पानी वितरण हुने उनले बताए ।
निर्माणको अन्तिम अवस्थामा रहेको आयोजना बढीले बगाएपछि पानीको समस्या रहेको र हाल पुनः निर्माण गरेर पानी बस्तीमा पु¥याएकोले अहिले पानीको समस्या हटेको उनले बताए ।
बाढीले क्षति पुगेको आयोजनाको पुनःनिर्माण भएर बस्तीमा पानी पुगेपछि सहज भएको स्थानीयवासी ललित राईले बताए । पानी नहुँदा समस्या भइरहेको अवस्थामा कार्यालयको सक्रियताले पुनः बस्तीमा पानी पुगेपछि सहजता भएको उनको भनाइ छ ।
“बाढीले आयोजना बगाएपछि बस्तीमा पानीको हाहाकार नै भएको अवस्था थियो”, उनले भने, “आयोजना बगाएको करिब पाँच महिनामा पुनःनिर्माण भएको छ । बस्तीमा पानी पुगेपछि धेरै सहज भएको छ ।”
बाढीले क्षति भएको आयोजनाको पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएकाले अब उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए ।
“निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा यहाँ बाढीले क्षति पु¥यायो”, उनले भने, “अहिले पानी पुनःनिर्माण गरेर बस्तीमा पानी पु¥याएका छौँ । निर्माण काम पूरा भएकाले यो योजनालाई उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको छ ।”
कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...




प्रतिकृया लेख्नुहोस्: