Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

भर्नाका लागि निकै प्रतिस्पर्धा हुने इन्जिनियरिङ कलेजहरुमा २५ प्रतिशत सिट खाली

खबरडबली संवाददाता

काठमाडौं । विद्यार्थी नपाएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा २५ प्रतिशत सिट खाली भएको छ । इन्जिनियरिङ पढ्ने विद्यार्थी नै नपाउँदा त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुमा २५ प्रतिशत सिट खाली भएका हुन् ।

संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार इन्जिनियरिङ कलेजहरुमा २५.२० प्रतिशत सिट संख्या खाली रहेकाे छ । कुनैबेला भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली लगायतका इन्जिनियरिङ क्यापसमा समेत यसपाली धेरै सिट खाली रहेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानका अनुसार कुल चार हजार ३ सय ४४ सिट संख्यामध्ये यसपाली इन्जिनियरिङ क्याम्पसहरुमा एक हजार ९५ सिट खाली भएका छन् । जसमध्ये पुल्चोक क्याम्पसमा जम्मा सिटसंख्या ६२४ मध्ये २ सिट, थापाथली क्याम्पसमा ४३२ सिटमा २१ सिट, पश्चिमाञ्चल क्याम्पसमा ४३२ मध्ये ५८ सिट र पूर्वाञ्चल क्याम्पसमा ५२८ मध्ये ६७ सिट खाली भएका छन् ।

त्यस्तै, संस्थानका अनुसार काडमाण्डु इन्जिनियरिङ कलेजमा १४७, कान्तिपुर इन्जिनियरिङ कलेजमा १९५, सगरमाथा इन्जिनियरिङ कलेजमा २८, एडभान्स कलेज अफ इन्जिनियरिङमा ११४, हिमालय कलेज अफ इन्जिनियरिङमा ११४, नेसनल कलेज अफ इन्जिनियरिङ २५, ललितपुर इन्जिनियरिङ कलेजमा २९, काथफोर्ड इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा ८८, जनकपुर इन्जिनियरिङ कलेजमा १६० र ख्वप कलेज अफ इन्जिनियरिङमा १६ सिट खाली रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending