Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

धुलिखेलमा अनलाइनबाटै कर तिर्ने सुविधा

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि, व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्ने कर कनेक्ट आइपिएस, क्युआर कोड, मोबाइल वालेटलगायतका अनलाइन माध्यमबाट नगरमा बुझाउन मिल्ने व्यवस्था मिलाइएको हो । 

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडल धुलिखेल नगरबाट सुरु गरेको थियो । नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलोपटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो ।

केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ । धुलिखेल नगरबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको नमूना कार्यक्रमअन्तर्गत करदाताले सहजरूपमा राजस्व तिर्न÷बुझाउन एवं विवरण भर्न मिल्नेगरी उक्त मोडलसँग आबद्ध भएको स्थानीय तह राजस्व पोर्टलसमेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।

उक्त राजस्व पोर्टलको युजर बनाइसकेपछि करदाताले आफ्नो व्यक्तिगतलगायत अनलाइन माध्यमबाट बुझाउन मिल्ने व्यवस्था गरिएको हो । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले एक कार्यक्रमबीच हालै धुलिखेल नगरका लागि पहिलोपटक ई–पेमेन्ट अनलाइन पोर्टलको शुभारम्भ गरेका थिए । यसपछि धुलिखेल नगरका नागरिकले घरमा बसेर आफ्नो राजश्वसम्बन्धी विवरण भर्दै अनलाइनमार्फत भुक्तानी गरिरहेका हुन् । 

नागरिकलाई घरदैलोमा नै सेवा दिने र प्रविधिमार्फत नगरको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले ई–पेमेन्ट अनलाइन पोर्टल तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुरु गरिएको छ, यसबाट नागरिकले थप सेवाको अनुभूत गर्ने अपेक्षा गरेको नगरप्रमुख अशोक ब्याञ्जूले बताए ।

यसका लागि नगरले थप सेवा प्रभावकारी बनाउन आफ्ना वडासचिव र राजस्व शाखाका कर्मचारीलाई तालिममा पठाएको छ । तालिमपछि नगरका सबै वडामा उक्त सेवा प्रारम्भ हुने जनाइएको छ ।

नगरका लेखा अधिकृत धनबहादुर बस्नेतले उक्त सेवा नेपालका सात सय ५३ वटा स्थानीय तहमध्ये धुलिखेल पहिलो भएकाले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडलबाट नागरिकलाई सेवामा सहजता थपिएको बताए ।

उनका अनुसार सरकारले आफ्नै सफ्टवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो हो । यसअघि निजी क्षेत्रबाट निर्मित सफ्टवेयरबाट सरकारले राजस्व सङ्कलनसम्बन्धी काम गर्दै आएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending