काठमाडौं । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको छ । त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ ।
केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् । त्यसका लागि यही माघ महिनामा सातै प्रदेशका यातायात मन्त्रीहरुसँग छलफल गर्ने सोच बनाएको पनि उनले सुनाए ।
मंगलबार सिंहदरबारमा लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा र सचिव उमेश ढुंगानासँगको छलफलमा मन्त्री ज्वालाले सो कुरा बताएका हुन् । भेटमा मन्त्री थापाले सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र सहज र छिटो दिलाउनुपर्ने भन्दै आफैं लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाउन चाहेको बताएका थिए ।
हाल यातायात व्यवस्था विभागमा मात्र लाइसेन्स छापिन्छ र वितरणका लागि जिल्लाहरुमा पठाइन्छ । यदि प्रदेश सरकारले पनि लाइसेन्स छापेर वितरण गर्ने हो भने काठमाडौंको चाप घट्ने र सेवाग्राहीले पनि छिटो र सजिलै लाइसेन्स पाउने मन्त्री थापाको भनाइ थियो । त्यसैले परामर्श गर्न आफू आएको उनले बताए ।
त्यसपछि मन्त्री ज्वालाले केही प्रदेशहरुले आफैं लाइसेन्स छाप्ने र वितरण गर्ने भनेर प्रक्रिया अघि बढाएको भन्दै लुम्बिनीलाई पनि मेसिन खरिदको प्रक्रिया अघि बढाउन भनेका थिए । ‘तपाईंहरु आफैं लाइसेन्स छाप्न मेसिन किन्ने तयारी गर्नुस्, केही सहयोग चाहिए म सहयोग गर्न तयार छु भनेर मन्त्रीज्युले भन्नुभयो,’ भेटमा सहभागी लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाले भने ।
मन्त्री ज्वालाले लाइसेन्सको ट्रायल आफ्नै सवारी साधनबाट दिन पाउने व्यवस्था गर्न लुम्बिनी प्रदेशको यातायात व्यवस्था मन्त्रालयले सुरु गरेको पहलको सह्राना समेत गरेका थिए । साथै उनले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन कसरी सकिन्छ भन्ने विषयमा माघ महिनामै सातै प्रदेशका यातायात मन्त्रीहरूसँग संयुक्त छलफल गर्ने पनि बताएको ढुंगानाले जानकारी दिए ।
हाल बागमती र मधेश प्रदेश सरकारले आफैं लाइसेन्स छाप्ने प्रक्रियाका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले प्रदेश सरकार आफैंले लाइन्सेन्स छापेर वितरण गर्ने काममा कुनै प्राविधिक सहयोग चाहिए सहयोग गर्ने बताए ।
यो काममा कुनै कानुनी अड्चन नभएको बताउँदै उनले भने, ‘यदि उहाँहरु आफैंले लाइसेन्स छाप्नु हुन्छ भने त्यो काममा प्राविधिक लगायतका सबै सहयोग गर्न यातायात व्यवस्था विभाग तयार छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: