Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

वाणिज्य बैंकले दियाे एउटाको एटिएम अर्कैलाई

खबरडबली संवाददाता

झापा   । राष्ट्रिय वाणिज्य बैंक शिवगन्ज झापामा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयले अहिले बैंकका कर्मचारीलाई तनाव दिएको छ। दुबै पक्षबीच सहमति भइसकेको विषयमा पुन: प्रचार-प्रसार भएको भन्दै बैंकले स्पष्टोक्ति दिएको छ।

शिवसताक्षी नगरपापलिका वडा नम्बर ६ की आशाकुमारी राजवंशीले जम्मा गरेको रकममध्ये ३ लाख ४३ हजार रकम गौरीगञ्ज-१ देवीगडाका दिपेन्द्रकुमार राजवंशीले झिकेका थिए। उनले झिकेको रकम पीडितको खातामा स्थानीय प्रशासन, राजनीतिक दलका नेता, जनप्रतिनिधि र समाजका अगुवाको रोहवरमा ब्याजसहित फिर्ता गरेका पनि थिए।

रकम फिर्ता गर्दा दुबै पक्षबीच कुनै मनमुटाव नगर्ने भन्दै हात मिलाएर गएको राष्ट्रिय बाणिज्य बैंकका शिवगञ्ज शाखा प्रमुख घनश्याम निरौलाले बताए।

उनका अनुसार छलफल वाणिज्य बैंकमै भएको थियो। प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेतासमेत सहभागी छलफलमा पीडकले पीडित समक्ष माफ मागेर गएपछि पुन: सञ्चारमाध्यममार्फत् बैंकको विश्वसनीयतामाथि शंका उत्पन्न गराइएको निरौलाले बताए।

‘दुबै पक्षबीच मेलमिलाप भएर गएपछि पीडितले सकिएको घटनालाई लिएर सञ्चारमाध्यममार्फत् पुन: प्रचार गरे,’ निरौलाले भने।

यसरी भएको थियो घटना

खातावाला आशाकुमारीका श्रीमान् कृष्णकुमार राजवंशी वैदेशिक रोजगारमा थिए। उनले विदेशबाट कमाएर पठाएको रकम श्रीमतीको खातामा जम्मा हुँदै आएको थियो। विदेशबाट घर आएका बेला आफ्नो खातामा कति रकम जम्मा भइसकेको रहेछ भनेर कृष्णकुमार बैंक गएका थिए। उनलाई नगद काउन्टरबाट एक लाख ५५ हजार छ भनियो।

उनले ‘कहाँ हुन्छ यति मात्र? मेरो पैसा धेरै छ’ भनेका थिए। त्यसपछि काउन्टरका कर्मचारीले पटक-पटक गरेर एटिएमबाट नगद भुक्तानी भइसकको बताए। उनले फेरि थपे, ‘मैले एटिएम लगेकै छैन, कसरी निस्कियो पैसा?’

यो दोहोरो संवादपछि काउन्टरका कर्मचारी झस्किए। कर्मचारीले शाखा प्रमुख निरौलाको कार्यकक्षमा उनलाई लिएर गए। घटनाका बारेमा शाखा प्रमुखले गम्भीर चासो लिए। बैंकमा सेवाग्राहीको भिड लागेको कारण शाखा प्रमुख निरौलाले ‘अपरान्ह ४ बजेपछि तपाईंको केस हेर्छु है’ भनेर कन्भिन्स गरे। पीडित पनि ‘हुन्छ’ भन्दै घरतिर लागे।

यसरी पत्ता लाग्यो

शाखा प्रमुखले एटिएम नै नचलाउने ग्राहकको रकम गायब भएको विषय करिब १५ मिनेटमै पत्ता लगाए र रकम निकाल्ने गौरीगञ्जका दिपेन्द्रकुमार राजवंशीलाई बैंकबाट पहिलो पटक फोन गरे। उनले एटिएम साटिएछ भन्दै तुरुन्त बैंकमा आउन आग्रह गरे। यतिबेला ४:१५ भएको थियो।

फोनमा उनले पैसा निकालेको मिति र रकमबाहेक अरू कुरा भनेनन्। शाखा प्रमुखले सोधेको प्रश्नमा उनले सही जवाफ दिएका थिए। जुन कुरा बैंकको स्टेटमेन्टसँग मिल्थ्यो। शाखा प्रमुखले फोनमा भन्दा दिपेन्द्रले ५ बजेसम्ममा ‘म बैंकमा आउँछु’ भनेका थिए। तर उनी आएनन्। उनी बैंकमा नआएपछि शाखा प्रमुख झन् आत्तिए।

तोकिएको समयमा नआएपछि पुन: फोन गरे। ‘सर मेरो आउने साधन छैन, म भोलि आउँछु’ भने। पहिलो पटक आउँछु र दोस्रोपटक आज आउन भ्याइनँ भनेपछि शाखा प्रमुखले इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर गरे। उनी प्रहरी लिएर गौरीगञ्जस्थित राजवंशीको घरतिर हुइँकिए।

शिवगञ्जको प्रहरी टोलीले ‘पछि केही पर्न सक्छ’ भनेर प्रहरी चौकी कुन्जीबारीको टोलीलाई पनि तैनाथ रहन आग्रह गरेको थियो। उक्त टोली पनि साथैमा राजवंशीको घर गयो। राति करिब ८ बजे गाउँमा सोध्दै प्रहरीसहितको टोली राजवंशीको घरमा पुगेको थियो।

कहिलेदेखि निस्कियो रकम?

दिपेन्द्र राजवंशीले २०८० असोज ३ गतेदेखि २०८० कात्तिक १७ गतेसम्म पटक-पटक गरेर ३ लाख ४३ हजार रुपैयाँ निकालेका थिए। कुनै दिन त पाँच पटकसम्म रकम निकालेका थिए। एकै दिन धेरै पटक रकम निकाल्दा चाहिँ दिपेन्द्रलाई यो रकम आफ्नो होइन भन्ने कुराको हेक्का हुनुपर्ने थियो।

दिपेन्द्रले अघिल्लो दिन र भोलिपल्ट पनि रकम निकालेका छन्। यसरी सरसर्ती हेर्दा छोराले पठाएको रकम हो/होइन भन्ने कुरा उनलाई राम्ररी थाहा भएको हुन सक्ने बैंकले जनाएको छ।

एउटाको एटिएम अर्कैलाई

आशाकुमारी राजवंशीको एटिएम दिपेन्द्रकुमार राजवंशीकोमा परेछ। दोस्रो व्यक्तिले एटिएम लगेको हुँदा रकम भुक्तानी भएको पाइएको निरौला बताउँछन्। यो घटनामा दिपेन्द्रकुमारले जानाजान रकम झिकेको हो वा होइन दैव जानुन्। तर, प्रहरी र बैंकका शाखा प्रमुख घनश्याम निरौलाका अगाडि उनले भूलवश रकम निकालेको बताए।

‘मेरो छोरा वैदेशिक रोजगारका लागि रोमानियामा छ। उसैले रकम पठायो भन्ने भयो र आवश्यकता अनुसार रकम निकालें। पैसा पठाएको छ भन्थ्यो। तिरोबारोका लागि रकम निकालेको हो,’ दिपेन्द्रकुमारले बताए।

‘बैंक कर्मचारीले एटिएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि परेको रहेछ। कपिपेष्ट गर्दा भूलवश एउटाको एटिएम अर्कोकोमा जान पुग्यो। हामीले त्यसबेलाको सिसीटिभी फुटेज हेर्‍यौं। त्यसबेला बैंकमा धेरै भिड भएकाले यो घटनालाई भूलवश भयो भन्ने हामीले ठहर गर्‍यौं। यो नियोजित पटक्कै होइन,’ शाखा प्रमुख निरौलाले भने।

यसरी फिर्ता गरे

बैंकका शाखा प्रमुखले राजवंशीलाई २४ घन्टाभित्र यो रकम फिर्ता गर्न उर्दी गरे। उनले ‘सर यो अवधिमा सक्दिनँ’ भने। उसो भए तीन दिनमा फिर्ता गर्न अनुरोध गरे। उनले यो समय पनि छोटो भएकाले १५ दिनको समय मागे। जनप्रतिनिधि, राजनीतिककर्मी, प्रहरीसँग १५ दिनभित्रमा रकम जम्मा गर्ने उनले प्रतिवद्धता जनाए।

उनले तीन पटकमा दोस्रो व्यक्तिको खाताबाट निकालेको रकम उनकै खाताबाट जम्मा गरे। कात्तिक २४ मा १ लाख, मंसिर ४ मा १ लाख ४० हजार र मंसिर ५ मा १ लाख ३ हजार फिर्ता गरेका थिए। यो रकम उनले चलाएबापत समाजले तोकेको ७ हजार ५ हर्जना पनि जम्मा गरिदिएका थिए।

बैंकलाई लागेको दुख

सञ्चारमाध्यममा आएको जस्तो बैंक कर्मचारीको यो घटनामा कुनै पनि कारणले संलग्नता नभएको निरौला बताउँछन्।

‘जसले रकम झिकेर लग्यो उसैले फिर्ता गरेको छ। बैंकका कर्मचारी र बैंकको नामबाट जम्मा भएको होइन। यो घटनालाई जोडेर केही व्यक्तिले राजनीतिक स्वार्थपूर्तिका लागि प्रहरीमा निवेदन दिन पीडितलाई बाध्य पारिएको हाम्रो बैंकको बुझाई छ,’ निरौलाले भने, ‘पीडितले इलाका प्रहरी कार्यालय झिलझिले र राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए। बैंकलाई नै विपक्षी बनाई निवेदन दिनुअगाडि घटनाका बारेमा बैकसँग बुझिदिएको भए बैंकको पनि स्पष्टताको अधिकार सुरक्षित हुनका साथै बेलैमा कुनै दु:ख हुँदैनथ्यो।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending