Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

तियानजिनमा मृत्युहुनेको सङ्ख्या १२९ पुग्यो

\"China_4\"चीन । चीनको तियानजिन सहरमा गत अगस्त १२ मा एक गोदाम घरमा भएको भीषण विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२९ पुगेको छ । सो गोदाम घर विस्फोटनमा परी अझै ४४ जना व्यक्ति हराइरहेका छन् । उक्त दुर्घटनामा परी घाइते भएका कयौँ व्यक्तिको उपचार जारी रहेको छ । उत्तरी चीनको तियानजिन सहरमा भएको उक्त दुर्घटनाका घाइतेमध्ये कतिपय गम्भीर अवस्थामा रहेकाको निधन भइरहेको अधिकारीहरुले जनाएका छन् । गत शनिबारसम्ममा मृत्यु हुने १२३ जना पुगेका अधिकारीहरुले जानकारी दिएका थिए । तर सो विस्फोटन भएको भवन भग्नावशेषबाट उद्धारकर्ताहरुले थप ६ व्यक्तिको शव निकालेपछि सो सङ्ख्या १२९ पुगेको बताइएको छ । सो घटनामा ज्यान गुमाउनेहरुमा ७६ अग्नीनियन्त्रक, सात प्रहरी र ४६ अन्य व्यक्ति रहेका छन् । त्यसैगरी बेपत्ता हुनेहरुमा पनि २८ अग्नीनियन्त्रक, चार प्रहरी र १२ सर्वसाधारण रहेका जनाइएको छ । यस घटनामा परी घाइते भएका अझै पनि ६१० जना व्यक्ति अस्पतालमै उपचाररत रहेका जनाइएको छ । ती मध्ये ३९ जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ । घाइते भई अस्पतालमा भर्ना भएकाहरुमध्ये १८७ जना उपचारपछि घर फर्किएका जनााइएको छ । सो विस्फोटन भएको इलाकामा हजाराँै टन खतरायुक्त रासायनिक पदार्थ सङ्कलन गर्नको लागि चार हजार ४६० सशस्त्र प्रहरी अधिकृत तैनाथ गरिएको जनाइएको छ । विस्फोटन भएको सो इलाकामा त्यसपछिका केही दिनसम्म पनि अरु कयौँ विस्फोटन भइरहेको पनि जनाइएको थियो । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending