Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जाजरकोटमा दस हजारबढी अस्थायी आवास निर्माण

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटमा दस हजारभन्दा बढी अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् । 

स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार र अन्य सहयोगीबाट ५२२ गरी जम्मा १० हजार १५९ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।   

भेरी नगरपालिकाको विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका लागि १३ करोड ६९ लाख २५ हजार रुपियाँ जम्मा भएको  छ । छ हजार ६३५ लाभग्राहीमध्ये चार हजार ६५२ जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले ११ करोड ६३ लाख रुपैयाँ वितरण गरेको छ । नेपाल सरकारबाट ४९२ अस्थायी आवास निर्माण भएका छन् ।

\नलगाड नगरपालिकाको विपत् व्यवस्थापन कोषमा २० करोड २४ लाख २५ हजार जम्मा भएकोमध्ये आठ हजार ९७ जना लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम सम्झौता गरे पनि सात हजार १५० जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले १७ करोड ८७ लाख ५० हजार रुपियाँ लाभग्राहीलाई वितरण गरेको छ । पालिका तथा नेपाल सरकारले छ हजार २९६,  सरकारी तथा सहयोगीले ५२२ गरी जम्मा छ हजार ८१८ अस्थायी आवास निर्माण भएका छन् । 

आठ हजार २०५ लाभग्राही कायम भएको छेडागाड नगरपालिकाले २० करोड ५१ लाख २५ हजार रुपियाँ विपत् व्यवस्थापन कोषमा जम्मा भएको छ । दुई हजार १८८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेकोमा दुई हजार १८८ जनाले रकम  पाएका छन् । पाँच करोड ४७ लाख वितरण गरेको छ भने सरकारबाट ३७२ अस्थायी आवास निर्माण भएका छन् ।

बारेकोट गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा भएको १३ करोड ९६ लाख ५० हजार पाँच हजार ५८६ लाभग्राही कायम भएकामध्ये पहिलो किस्ता रकमका लागि सम्झौता गरेका चार हजार ६८७ लाभग्राहीले रकम पाएका छन् । ११ करोड ७१ लाख ७५ हजार रुपियाँ अस्थायी आवासका लागि वितरण गरेको बारेकोट गाउँपालिकामा सरकारबाट एक हजार ६३१ अस्थायी आवास निर्माण भएका छन् । 

कुशे गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा १३ करोड २१ लाख ७५ हजार रकम जम्मा भएको छ । पाँच हजार २८७ लाभग्राही कायम भएकोमध्ये पहिलो किस्ता रकमका लागि चार हजार १५४ जनाले सम्झौता गरेका छन् । तीमध्ये सबैले अस्थायी आवासका लागि रकम पाएका छन् । १० करोड ३८ लाख ५० हजार वितरण गरेको कुशे गाउँपालिकामा १०८ अस्थायी आवास निर्माण भएका छन् ।

जुनीचाँदे गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा १३ करोड ५१ लाख ५० हजार रुपियाँ जम्मा भएको छ । पाँच हजार ४०६ जना लाभग्राही कायम गरेको जुनीचाँदेले एक हजार ११३ जना लाभग्राहीसँग सम्झौता गरी एक हजार ११३ जनालाई पहिलो किस्ता रकम दुई करोड ७८ लाख २५ हजार वितरण गरेको छ भने हालसम्म अस्थायी आवास निर्माण हुन सकेका छैनन् । 

शिवालय गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा आठ करोड २७ लाख २५ हजार जम्मा भएको छ । तीन हजार ३०९ जना लाभग्राही कायम भएका छन् । पहिलो किस्ता रकमका लागि तीन हजार १४७ जनाले सम्झौता गरेकामध्ये सबैले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् । सात करोड ८६ लाख ७५ हजार रुपियाँ वितरण गरेको छ । शिवालय गाउँपालिकामा ७३८ अस्थायी आवास निर्माण भएका छन् । 

४२ हजार ५२४ भूकम्प प्रभावितमध्ये २७ हजार ९१ जना लाभग्राहीले अस्थायी आवासको रकम लिएको पालिकाले स्थानीय प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत शर्माले बताए । जिल्ला प्रशासनको सूचनाका आधारमा ३२ हजार ३६५ परिवार त्रिपालमुनि बसेको पाइन्छ । स्थानीय सरकारको ढिलासुस्तीका कारण भूकम्पपीडितले सरकारबाट प्राप्त भएको रकम पाउन सकेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending