Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मिडियाले मेरो चरित्र हत्या गर्‍यो: देउवा

\"deuwa\"काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता शेरबहादुर देउवाले मिडियाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् । मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गरी देउवाले भने– ‘थारुहरुको अधिकारका लागि सबै भन्दा धेरै लड्ने म नै हुँ । मिडियाले गलत कुरा गरेर मेरो चरित्र हत्या गर्‍यो ।’ शिर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता देउवाले थारुहरुलाई रौँ जति पनि अधिकार दिन नसकिने बताएपछि त्यसको चारै तर्फ आलोचना भएपछि देउवाले पत्रकार सम्मेलन गरी आफू नै थारुहरुको मसिहा भएको बताएका हुन् । ‘थारुहरुले अहिले जति पनि अधिकार पाएका छन् सबै मैले नै दिलाएको हुँ । मैले थारुहरुलाई अधिकार दिन नखोजेको भन्नु सरासर झुठ हो । अधिकार दिलाउन आफू नै पहिलो व्यक्ति भएको बताएका देउवाले अधिकार दिने नाममा सबै समूदायलाई प्रदेश दिँदै जान नसकिने भने आफ्नो स्पष्ट धारणा राखे । ‘म जिल्ला टुक्राउने पक्षमा हिजो पनि थिइन आज पनि छैन र भोली पनि रहन्न ।’– देउवाले भने । तर उनले राना थारुलाई अलग्गै सुचिकृत गरेर तथा कमैया थारुहरुलाई विशेष आरक्षण दिएर अधिकार दिन सकिने स्पष्ट पारे । ‘म अहिले पनि राना थारु र कमैया थारुहरुलाई अधिकार दिने पक्षमा नै छु ।’– देउवाले भने । केही नेताहरुको राजनीतिक स्वार्थका कारण पिछडिएका समूदायलाई अधिकार दिन कठिनाई भएको तथा सिमांकनमा पनि समस्या देखिएको कुरा सार्वजनिक भैरहँदा देउवाले पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा सार्वजनिक गरेका हुन । उनले कैलालीको टिकापुरमा भएको घटना जघन्य अपराध भएको भन्दै त्यसका दोषीलाई कारवाही गर्नु पर्ने समेत बताए । ‘घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।’– देउवाको कथन थियो । उनले पाहाडी र थारु समूदाय मिलेर बस्नु पर्ने धारणा राख्दै त्यसो गरेमा धेरै वटा प्रदेश बनाउन नपर्ने समेत बताए । पत्रकारहरुसँग बोल्ने क्रममा उनले संबाद समितिका सभापति तथा एमाओवादी नेता डा बाबुराम भट्टराईलाई संबाद समितिको सभापतिका भएका मान्छेले धेरै बोल्न नहुने धारणा राखे । ‘बाबुराम जीले कयौं कुरामा टिप्पणी गर्दै हिड्नु हुन्छ वहाँले जथाभावि बोल्नु हुँदैन ।’– देउवाले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending