भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई ६५ रनले हराएको हो ।
बाक्लो हुस्सुका कारण भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा निर्धारित समयमा खेल हुन सकेन् । ढिला गरी खेल आरम्भ भएपछि ५० ओभरको खेल २६ ओभरमा झारिएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो । एक सय ७१ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित २६ ओभरमा आठ विकेट गुमाएर मात्र एक सय पाँच रन बनायो ।
आर्मीका लागि इमरान शेखले अर्धशतकीय पारी खेले । उनले ७० बलको सामना गर्दै एक छक्का र सात चौकाको मद्दतमा अविजित ६७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २५ बलमा एक छक्का र चार चौकाको सहायतामा ३४ रन बनाए । भीम सार्कीले २४ र सन्तोष कार्कीले ११ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन र नर सार्कीले दुई दुई विकेट लिए । यसैगरी एक सय पाँच रन बनाउने क्रममा लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । यस्तै मृणाल गुरुङले १८ र मोहम्मद हुसेनले १५ रन बनाए ।
बलिङतर्फ आर्मीका कुशल मल्लले ६ ओभरमा दुई मेडन राखि ११ रन खर्चेर चार विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभरमा तीन मेडन राख्दै पाँच रन मात्र दिएर दुई विकेट लिए । साहब आलम र अभिनाश कर्णले एक एक विकेट लिए ।
आर्मीका इमरान शेख प्लेयर अफ दी म्याच घोषित भए । बिहीबार एपिएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - २०:४३
तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...
पौष २४ गते, २०८१ - २०:३८
हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...
पौष २४ गते, २०८१ - २०:३०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...
पौष २४ गते, २०८१ - २०:२६
पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । ...
पौष २४ गते, २०८१ - २०:२१
बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...
पौष २४ गते, २०८१ - १९:५९
भोलि साँझसम्म थुनछेक आदेश आउला त ?
पौष २४ गते, २०८१ - १९:३५
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ । सातद...
पौष २४ गते, २०८१ - १९:२९
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...
पौष २४ गते, २०८१ - १९:१८
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...
पौष २४ गते, २०८१ - १९:००
झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...
प्रतिकृया लेख्नुहोस्: