Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री प्रचण्डलाई सर्वोच्चको जवाफः अदालतले दिउँसै रात पार्दैन

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धी आरोपमा सफाइ दिदै उनले दिएको विवादास्पद अभिव्यक्तिमाथि व्यंग्यात्मक टिप्पणी गरेको छ ।

अदालतले अवहेलनासम्बन्धी मुद्दाको फैसलामा भनेको छ, ‘अदालतले दिउँसै रात पार्ने काम गर्दैन ।’ २०७३ वैशाखको अन्तिम साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालत शान्ति प्रक्रिया विरुद्ध अघि बढेको भन्दै ‘अदालतले दिउँसै रात पार्ने काम गरेको’ भनी टिप्पणी गरेका थिए ।

सशस्त्र द्वन्द्वको समयमा चितवनमा माओवादीबाट मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । उनी पक्राउविरुद्धको मुद्दा जिल्ला अदालत चितवन, उच्च अदालत हेटौंडा हुँदै सर्वोच्च आइपुगेको थियो र सर्वोच्चले उनलाई थुनामा राखेर अनुसन्धाज्ञन अघि बढाउन आदेश दिएको थियो । तर प्रचण्डले यो मुद्दा द्वन्द्वकालीन मुद्दा भएकाले अरु फौजदारी मुद्दासरह नियमित अदालतमा सुनुवाइ हुन नहुने र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निरुपण हुने बताएका थिए ।

त्यतिबेला प्रचण्डले शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगिनुपर्ने मुद्दाहरु अदालतले धमाधम फैसला गरेर टुंग्याउन खोजेको भन्दै यो कुरा स्वीकार्य नहुने बताएका थिए ।  उनको अभिव्यक्ति सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अवहेलनाको कारवाहीका लागि निवेदन दिएका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले २० पुस, २०८० मा गरेको अवहेलना मुद्दाको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । जसमा सर्वोच्चले न्याय प्रक्रियाको आफ्नै गति हुने भन्दै न्यायपालिकाको आदेश वा फैसलालाई कसैले अस्वीकार गर्न नसक्ने उल्लेख गरेको छ ।

‘अदालत कुनै प्रकारको षड्यन्त्र गर्ने वा षड्यन्त्रका लागि प्रयोग गरिने निकाय होइन’, फैसलामा भनिएको छ, ‘अदालतको आदेश नमान्ने र सार्वजनिक चुनौती दिई जनमानसमा भ्रम पैदा हुने उत्तेजनापूर्ण अभिव्यक्ति दिने वा प्रकाशन गर्ने कार्यबाट कोही कसैको पनि बैधानिक हितको संरक्षण हुन सक्दैन ।’

यो मुद्दाको फैसलाका क्रममा सर्वोच्च अदालतले संक्रमणकालीन न्यायले गति लिन नसकेको समेत टिप्पणी गरेको छ । न्यायपालिका प्रतिक्रियात्मक नहुने, कुनै प्रतिशोध राखेर काम नगर्ने भन्दै सर्वोच्च अदालतले न्यायपालिकाबाट परिवर्तनको प्रक्रियालाई संयमतापूर्वक ग्रहण भएको औंल्याएको छ ।

संक्रमणकालीन न्याय करिव १७ वर्षसम्म पनि टुंगोमा पुग्न नसकेको भन्दै सर्वोच्च अदालतले द्वन्द्व व्यवस्थापनमा बिताइएको १७र१८ वर्षको समय अपेक्षाकृत लामो अवधी भनी टिप्पणी गरेको छ । सर्वोच्चले फैसलामा भनेको छ, ‘न्यायालयले अहिलेसम्म अपनाउदै आएको न्यायिक आत्मसंयमताको कुरामा संविधानसम्मत तबरबाट पुनरावलोकन गर्न आवश्यक भइसकेको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending