Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

संविधान निर्माणको जिम्मेवारीलाई सबै एकबद्ध भएर पूरा गरौँ–अध्यक्ष ओली

\"Kp_Oli_Banner\"काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् सभासद् केपी शर्मा ओलीले संविधान लेखनलाई निष्कर्षमा पुर्याउन अत्यन्तै संयमित र धैर्यताका साथ योगदान पुर्याउन सबैसँग आग्रह गरेका छन् । नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उनले भने–\'हामी अत्यन्तै असाधारण र अत्यन्त गुणस्तरीय संविधान निर्माणको प्रक्रियाको अभ्यासमा छौँ, यसले लोकतन्त्रको मूल्यमान्यतालाई गहिरोसँग आत्मसात् गरेको छ ।\' लोकतान्त्रिक संविधान लेखनको हिसाबले हामी अत्यन्तै ऐतिहासिक र गम्भीर मोडमा आइपुगेको बताउँदै अध्यक्ष ओलीले भने–\'आफना जनप्रतिनिधिबाट संविधान बनाएर घोषणा गर्ने जनताको लामो चाहनाको अत्यन्त नजिक पुगेको छौँ ।\' शक्ति पृथकीकरण, न्यायपालिका, संवैधानिक निकायलाई स्वायत्त र स्वतन्त्र बनाउने पक्षमा मस्यौदाले ख्याल गरेको भन्दै उनले सामाजिक न्याय, समानतालगायत जनताले प्राप्त गर्नुपर्ने अरू हकअधिकार स्थापित गराउने र मुलुकलाई विकासको पथमा लैजाने दृष्टिबाट मस्यौदा महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताए । अरू संविधान लेखन प्रक्रियाभन्दा जोखिमपूर्ण र कठिनाइका बाबजुद उन्नत लोकतन्त्रको अभ्यास गर्ने क्रममा संविधानसभाबाट संविधानको मस्यौदा निर्माण भएको जनाउँदै अध्यक्ष ओलीले संविधान लेखन प्रक्रियालाई कतिपयले बिथोल्ने प्रयास गरेकाले उनीहरुबाट सजग रहन आवश्यक रहेका बताए । उनले भने -\'संविधान निर्माणको जिम्मेवारीलाई सबै एकताबद्ध भएर पूरा गरौँ, हामी नेपाली दाजुभाइ एक अर्काेको शत्रु होइनौँ भनेर सामाजिक सद्भाव कायम राख्ने काम गराँै, छलफल गरेर अघि बढ्न सक्छौँ ।\' अध्यक्ष ओलीले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ सहमति र सम्झौता दस्तावेजका रुपमा आएकाले सोहीअनुसार बुझ्न, बुझाउन र ग्रहण गर्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending