Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मुलुक संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा -प्रचण्ड

\"Prachanda_shirsha\"काठमाडौँ । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताएका छन् ।

नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उनले भने–\'यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।\'

\'संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको छ\'– अध्यक्ष दाहालले भने । संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उनले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गरे । अध्यक्ष दाहालले भने–\'सबैको भावनालाई सम्बोधन गर्ने ढङ्गबाट जुन किसिमले अघि जानुपर्दथ्यो, त्यो कहीँ कहीँ धर्मराएको छ, यद्यपि संविधानसभाको बनोटअनुरुप आउन सक्ने दस्तावेज भने यही नै हो ।\' एउटा युगबाट अर्काे युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको बताउँदै उहाँले संविधान लेखन प्रक्रिया अहिले इतिहासको पेचिलो मोडमा रहेकाले नेपाली जनता अहिले छिटो सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा होस् भन्ने पक्षमा रहेको धारणा राखे । संविधानसभाबाट यो मस्यौदामा पाउनु भनेको गर्व गर्नुपर्ने अवस्था रहेको छ, यो विधेयकले प्रगतिशील कुरा उठाएको बताउँदै अध्यक्ष दाहालले भने–\'सङ्घीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु¥याउन म आग्रह गर्दछु ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending