रौतहट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओललीले माधवकुमार नेपाललाई विदेशी भ्रष्टाचारीको मतियार भएको संज्ञा दिएका छन् । सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपालले गठबन्धनलाई घर भनेको भन्दै ओलीले चर्को आलोचना गरेका हुन् ।
नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा उद्घाटन गरेपछि बिहीबार गरुडामा सभालाई सम्बोधन गर्दै ओलीले नेपालको चर्को आलोचना गरेका हुन् । सो क्रममा ओलीले भने– ‘एउटा अनलाइन हेर्दा माधव नेपालले केपी ओलीसँग बोलचाल बन्द भनेका थिए । नेपालसँग बोलचाल नहुँदा के विग्रिन्छ ?’
विदेशी, प्रतिक्रियावादी शक्ति, जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरूको मतियार भएर नेपाल उनीहरूकै पछि–पछि हिँडिरहेको ओलीको आरोप छ । उनले भने –‘माधवजीले गठबन्धन भत्किन दिन्न, गठबन्धन भत्काउँदिन, गठबन्धन भत्किने गरी काम गर्दिन, घरमा आगो लगाउँदिन, यो मेरो घर हो भन्नु भयो । उहाँलाई नेकपा एमालेले १५ वर्षसम्म प्रमुख पदमा बसायो, उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्री बनायो, पार्टीले सबै थोक दिएको र आफैले बनाएको विशाल घरबाट दुई तिहाईको पार्टीलाई तोडफोड गर्ने सरकार ढाल्ने, ६ प्रदेशको सरकारलाई ढालेर कांग्रेससँग टाँसिने ।’ गठबन्धन भत्किएपछि त्यो घर होइन भनेर त्यतिबेला मात्र नेपाललाई थाहा हुनेखन्लीको दावी छ ।
त्यसैगरी आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले प्रभुको पुच्छर समातेर बैतरणी पार नहुने भएकाले स–सम्मान एमालेमा फर्किन सुझाव दिएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...



प्रतिकृया लेख्नुहोस्: