Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

निगममा करिब ४१ हजारको आवेदन

\"Nepal_Airlines-640\"काठमाडौं । मुलुकमा बढ्दो शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनले प्रष्ट पारेको छ । एक महिनाअघि निगमले १४८ पदमा खूल्ला गरेको विज्ञापनमा ४१ हजारभन्दा बढिले आवेदन दिएका छन् । यसबाहेक दोब्बर दस्तुरको सात दिनको अवधिमा दैनिक दुईसयभन्दा बढीले आवेदन भरेको निगमले जनाएको छ । कम पढेलेखेका ग्रामीण भेगका लाखौं युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् भने उच्च शिक्षा हासिल गरेका युवापुस्ता सरकारी जागिरको खोजीमा राजधानीलगायतका सहरमा भौतारिरहेका देखिन्छन् । विज्ञापन प्रकाशन भएको पहिलो २१ दिनको अवधिमा उक्त पदहरुमा ४१ हजारभन्दा बढिको आवेदन परेको निगमका प्रवक्ता रामहरि शर्माले बताए  । निगमको इतिहास मै पहिलो पटक यति धेरै सङ्ख्यामा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो । सोहीअनुसार धेरै सङ्ख्यामा आवेदन परेपछि परीक्षाका लागि पनि केही समय लाग्ने निगमले जनाएको छ । निगमले सामान्य प्रशासनतर्फ अधिकृतस्तर ९तह छ० मा २४, वरिष्ठ सहायक पद ९तह पाँच० मा १८, सहायक ९तह चार० मा ५६ तथा लेखा अधिकृत ९तह छ० २३, वरिष्ठ लेखा सहायक ९तह पाँच० छ र लेखा सहायक ९तह चार० मा २१ पदका लागि दरखास्त आह्वान गरेको थियो । सबैभन्दा बढी प्रशासनको सहायक पद ९चौथो तह०मा १८ हजारले आवेदन दिएका छन् भने त्यसपछि पाँचौं तहको वरिष्ठ सहायकमा नौ हजार ९०० ले आवेदन दिएका छन् । अधिकृत ९तह छ०मा पाँच हजार नौ सयको आवेदन परेको छ । उपरोक्त आवेदनलाई व्यवस्थित गरेपछि परीक्षा लिन मङ्सीर महिनासम्मको समय लाग्ने निगमको अनुमान छ । निगममा माग हुने जनशक्तिका लागि यस अघिदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै आएको छ । लोकसेवाको मापदण्डअनुरुप सम्पूर्ण परीक्षा निष्पक्ष प्रतिष्पर्धात्मक हुने जानकारी गराउँदै प्रवक्ता शर्माले अन्य बाह्य हल्लाका पछाडि नलाग्न परीक्षार्थीलाई सुझाव दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending