काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गरिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका लागि भीम सार्कीले पनि अर्धशतक हिर्काएका छन् ।
भीमले ७८ बलमा ५ चौकासहित ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । भीमको यो ओडीआई करिअरको चौथो अर्धशतक हो । पछिल्लो पटक भीमले विश्वकप छनोट जिम्बावेमा अमेरिकाविरुद्ध ७७ रनको अविजित इनिङ खेलेका छन्। त्यो नै भीमको ओडीआई करिअरको उच्च प्रदर्शन हो । योसँगै भीम र अनिलबीच दोस्रो विकेटका लागि शतकीय साझेदारी पनि पूरा भएको छ ।
ताजा अवस्थामा नेपालले ३१ ओभरमा १ विकेट गुमाएर १४७ रन जोडेको छ । नेपालको क्रिजमा अनिल साह ७६ र भीम सार्की ५२ रन बनाएर खेलिरहेका छन् ।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ । फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग–२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८१ - १९:३९
काठमाडौं । ठमेलमा प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरी कुटपिट घटनामा संलग्न रहे...
फाल्गुन १ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत“उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली ...
फाल्गुन १ गते, २०८१ - १६:३१
दाङ । बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ। मानव बस्तीमा पसेर स्थानीयका बाख्रा ख...
फाल्गुन १ गते, २०८१ - १६:०७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएक...
फाल्गुन १ गते, २०८१ - १६:०३
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूल...
फाल्गुन १ गते, २०८१ - १६:०१
काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पन...
फाल्गुन १ गते, २०८१ - १५:३०
काठमाडौं । भायानेटले सबै बक्यौतासहित पछिल्लो आवको रोयल्टी र आरटीडीएफ गरी एकै पटक ५५ करोड रुपैयाँ बुझाएको छ। इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिके...
फाल्गुन १ गते, २०८१ - १३:५७
सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?
फाल्गुन १ गते, २०८१ - १३:२८
कैलाली । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्य...
फाल्गुन १ गते, २०८१ - १३:०४
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने का...
प्रतिकृया लेख्नुहोस्: