काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ जिल्ला शाखा काठमाडौंले १० लाख रुपैयाँ बराबरका पुस्तकहरु केन्द्रीय कारागारलार्ई हस्तान्तरण गरेको छ ।
पठन संस्कृतीको बिकास गर्ने उद्देश्यले सरस्वती पूजाको अबसर पारी सामाजिक उत्तरदायित्व अन्तर्गत २ हजार थान पुस्तकहरु केन्द्रिय कारागार सुन्धारामा हस्तान्तरण गरिएको जिल्ला शाखा काठमाडौंका प्रथम उपाध्यक्ष बिष्णु गिरीले जानकारी दिए ।
केन्द्रिय कारागारका जेलर ललित बस्नेत मार्फत गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा महासंघका पूर्व केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महासचिब तथा एसोसिएट केन्द्रिय सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
यसैगरि केहि समय अगाडी आगलागिबाट क्षती पुगेको काठमाडौंस्थित बानियाटारको कुमार बुक्स एण्ड स्टेशनरीलाई १ लाख १ हजार एकसय एघार रुपैयाँको चेक हस्तारण गरिएको छ ।आगलागीबाट ठूलो क्षती भएका कारण पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा काठमाडौंले सहयोग स्वरुप सो रकम हस्तान्तरण गरेको प्रथम उपाध्यक्ष गिरीले बताए ।
जिल्ला शाखा काठमाडौंका अध्यक्ष नारायण प्रसाद दाहालले चेक हस्तान्तरण गर्दै पुस्तक ब्यबसायीलाइ परेको पीडामा काठमाडौं शाखाले सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: