Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेत्री मङ्गलादेवी सिंहको २० औं स्मृति दिवस मनाइयो

\"mangaladevi\"काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनकी योद्वा नेत्री स्वर्गीय मङ्गलादेवी सिंहको बिहिबार २० औं स्मृति दिवस मनाइएको छ । नेत्री सिंहको २०औँ स्मृति दिवसको अवसर पारेर  आज बिहान शोभाभगवतीमा रहेको स्व सिंहको शालिकमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माल्यार्पण गरे । नेपाल महिला सङ्घ काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेत्री सिंहले जीवनकालमा निर्वाह गरेको प्रजातान्त्रिक आन्दोलन र पुनः स्थापनामा खेलेको भूमिकाबारे चर्चा गरे । उनले भने—‘ महिलालाई सङ्गठित गर्नुपर्छ नेपाल दुई पाङ्ग्रामा अडिएको छ एउटा महिला अर्को पुरुष त्यसैले महिलालाई पुरुषसरह हकअधिकार दिलाउनका लागि विसं २००४ मा उहाँले नेपाल महिला सङ्घको स्थापना गर्नुभएको हो ।’ सो अवसरमा उपप्रधानमन्त्री सिंहले वार्ताकै माध्यमबाट संविधान निर्माण गरिने भन्दै सबै दललाई वार्तामा आउन आग्रह गरे । उनले बढीभन्दा बढी दलको सहकार्यमा संविधान निर्माण गरिने बताए । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सिंहले पार्टीको महाधिवेशनभन्दा संविधानलाई बढी प्राथमिकता दिएको भन्दै महाधिवेशनका बारेमा केन्द्रीय कार्यसमितिको बैठक बसेर अगाडि बढ्ने उल्लेख गरे । सङ्घकी अध्यक्ष विष्णुदेवी पुडासैनीले नेपालमा महिलाको अधिकारका लागि सबैभन्दा पहिले सङ्गठित आवाज बुलन्द गर्दै नारी हक हित तथा प्रजातन्त्र प्राप्तिका निम्ती अनवरत सङ्घर्ष गर्ने पहिलो महिला नेत्री स्व सिंह भएको बताए । स्व सिंहले नेपाली महिलालाई जहानियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध सम्पूर्ण महिलालाई गोलबन्द गरी आधा शताब्दी लामो राजनीतिक यात्रामा अनेकौँ क्रान्ति तथा आन्दोलन गरेकी थिइन । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक एवम् लौहपुरुष गणेशमान सिंहको धर्मपत्नीसमेत रहनुभएकी मङ्गलादेवीले महिला सङ्घको स्थापना गरेर महिलालाई मतदानको अधिकारसमेत दिलाएकी थिइन । विसं १९८२ मङ्सिर २५ गते जन्मिएकी सिंहको २०५३ भदौ १० गते निधन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending