Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पढ्दै कमाउँदैः चित्रकलामा रमाउँदै विद्यार्थी

खबरडबली संवाददाता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनिषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित रहेका छन्  चित्रकलामा रुचि भए पनि सिक्ने अवसर नपाएकी उनी हाल आफैँले चित्र कोर्नसक्ने भएकी हुन्। 

आफैँले बुनेको बाँसको नाङ्लोमा समेत चित्र बनाउनुभएकी उहाँले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताइन् । उनले भनिन्, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।”

बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको उनको भनाइ छ । उनले भनिन्, “कस्तो राम्रो चित्र बनाएको भनेर धेरैले हौसला दिनुभयो, मलाई यसमा लाग्न अझ प्रेरित गरेको छ ।” भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोरेकी छन् । 

भविष्यमा चित्रकलालाई निरन्तरता दिने र चित्र बिक्री गरी पढाइ खर्च व्यवस्थापन गर्ने सोच बनाएको भुजेलले बताइन् । उनले भनिन्, “मैले अब चित्रकलालाई आम्दानीको स्रोत बनाउने सोच राखेको छु ।”

कक्षा ११ मा अध्ययनरत भुजेलले पहिलो महिनावारीको अवस्थालाई चित्रमार्फत चित्रण गरेकी छन् । महिनावारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोहीअनुसारको चित्र कोरेको उनले जानकारी दिइन् । उनले भनिन्, “महिनावारी भएका बेला लजाउने प्रवृत्ति छ, यो सामान्य कुरा हो लजाउन हुँदैन भन्ने सन्देश दिन चित्र बनाएको छु ।”

कक्षा ११ मा अध्ययनरत दिपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत उतारेका छने । गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत प्रवद्र्धन गर्न त्यसलाई कागजमा उतारेको उनले बताए । उनले भने, “चित्रकलालाई आम्दानीको स्रोत बनाउने लक्ष्यसहित चित्र बनाउन सिकेको हुँ ।” 

उनीहरु जस्तै कक्षा ११ मा अध्ययनरत २० विद्यार्थीलाई चित्रकला सिकाइ तालिम दिइएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले चित्रकला सिकाइ तालिम प्रदान गरेको हो । 

विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै भन्ने उद्देश्यलाई सार्थकता दिन विद्यालयमा चित्रकला कक्षा सञ्चालन गरिएको चुमानको भनाइ छ । 

सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तररुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाइएको चुमानले बताए । उनले भने, “चित्रकला सिकाइले विद्यार्थीको कलालाई उजागर गर्नुका साथै विद्यार्थीमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्छ, चित्रकला आम्दानीको स्रोत बन्नसक्छ भनेर यसलाई अगाडि बढाएका हौँ ।”

गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको प्रशिक्षक पवन नेपालीले जानकारी दिए । उनले भने, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विभिन्न सीप सञ्चालन भइरहेका छन्, सोहीबमोजिम विद्यार्थीलाई चित्रकला सिकाइएको हो ।”

विद्यार्थीको सक्रिय सहभागिता र सिकाइले उत्साहित बनाएको नेपालीको भनाइ छ । उनले भने, “विद्यार्थीले बनाएको चित्र खरिदका लागि माग आइसकेको छ, यसलाई व्यवस्थित गर्न सकिए चित्रकला आम्दानीको राम्रो माध्यम बन्नेछ ।” उनका अनुसार गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि चित्रकला प्रशिक्षण सञ्चालन गरिनेछ । विद्यार्थीले सामाजिक हिंसा, गाउँपालिकाभित्रका पर्यटकीयस्थल, समाजमा हुने घटना न्यूनीकरणजस्ता विषयलाई चित्रमार्फत वर्णन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending