Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

ख्रीष्टियन समुदायमा एक्लिए सिबि गहतराज, उपाध्यक्षसहति बहुमत चिमौरियातिर

खबरडबली संवाददाता

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादको दलदलमा फसेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले समस्या समाधान गर्न विशेष महाधिवेशन घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकारसम्मेलन गरी पूर्व–अध्यक्ष सिबी गहतराजले संस्थालाई बन्दक बनाएको भन्दै ६० दिनभित्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर निकास दिन लागिएकोसमेत जनाएको छ ।

महासंघका कार्यवाहाक अध्यक्ष उद्धब प्रसाद चिमौरियाले सिबी गहतराजसँग आफ्नो १५ वर्षदेखिको लामो सहकार्यलाई स्मरण गर्दै, गहतराज हरेक निर्णयहरु आफू केन्द्रीत र निजी स्वार्थपूर्तिको लागि गर्दै आएको बताए । पछिल्लो समयमा गहतराजका गलत क्रियाकलापको कारण संस्था धारासायी भएको जनाउँदै भने,“उहँको एकलौटी र आफू अनुकुल हुनुपर्ने हठले आफू त सडकमा पुग्नु भयो नै, संस्थालाई पनि कोमामा पुर्याउनु भयो, उहाँले संस्थालाई मार्न चाहे पनि हामी राम्रो औषधी र डाक्टरहरुद्वार उपचार गरेर चलाउँछौं ।”

चिमौरियाले संस्थाको जिर्णोद्वार गर्न सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठसहितले पहल गरेकोमा धन्यबाद दिदै भने,“सिबी जीको एकलकाट्टे प्रवृत्तिविरुद्ध तुलसी जी र उपमहासचिब उपेस नौबागसहितको बहुमतको टिम संथालाई नयाँ निकास दिने पक्षमा खडा हुनुभयो, हामी पनि विशेष महाधिवेशनद्वारा नयाँ नेतृत्व चयन गर्ने पक्षमा एककित्तामा उभिएका छौं ।”

सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले समस्या समाधानको लागि जिल्ला प्रशासनसम्म पुगेको र त्यहाँ पनि हल नभएको बताउँदै भने,“सिडियो साबको रोहबरमा कयौं पल्ट विभिन्न विकल्प दिदा पनि सिबी जी मिलेर अधिवेशनमा जान तयार हुनुभएन ।” ‘जुनसुकै निर्णय गरे पनि आफ्नो नेतृत्वमा महासंघ नहुनेभए संस्था नै बन्द गर्ने भनेपछि, यो अन्तिम विकल्पमा आउन बाध्य भयौं ।’ श्रेष्ठले थपे ।

विगत लामो समयदेखि सिबीको पक्षमा रहेर सहयोग गर्दै आएको बताउँदै श्रेष्ठले पछिल्लो पटक संस्थालाई अनिर्णयको बन्दी बनाएर भन्दा निकास दिन, सबै सदस्यहरुलाई एकतामा ल्याएर संस्थालाई गतिशील बनाउँ भन्ने सल्लाह दिँदा आफूसँग चिडिएको जनाए । समस्याको निकासका लागि काबा अध्यक्ष उद्धब प्रसाद चिमौरियालाई पनि मिलाएर जाउँ भनेपछि आफूलाई मनोवैज्ञानिक दबाब दिन थालेको बताउँदै भने,“केही अमुख गुण्डाहरु पठाएर भौतिक आक्रमण गर्नेसम्मको धम्की दिए, म यहि मञ्चबाट सिबी जीलाई चेतावनी दिन्छु, कि तपाईका ठिटाहरुसँग डराईन्न ।” 

सिबीले संस्थालाई पैतृक सम्पत्ति जस्तै पेवा बनाएकोले उनको साथ छाड्नु परेको बताउँदै श्रेष्ठले भने,“धार्मिक संस्थामा व्यक्ति हावि भएर गुण्डाराज चल्दैन, तपाईको एकल चुरिफुरीले केहि हुनेवाला छैन, बरु घुँडा टेक्नुस् माफी माग्नुस, मिलेर अधिवेशनमा जाउँ, के थाहा ? फेरी चौथो कार्यकाल पनि पाई पो हाल्नु हुन्छ की ! ”

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका केन्द्रीय अध्यक्ष डा.जित घलेले आम ख्रीष्टियनहरुको आस्थाको धरोहर महासंघलाई समस्याको दलदलमा फसाएको भन्दै नेतृत्वप्रीत रोष व्यक्त गरे । पूर्वअध्यक्ष गहतराजले ३ कार्यकाल एकलौटी चलाएको र संस्थालाई नाजुक अवस्थामा पुर्याएको भन्दै निकासको लागि मार्ग प्रसस्त गर्नुपर्नेसमेत सुझाए । 

घलेले इसाई धर्मशास्त्रको विरुद्ध गएर सिबीले आफ्नै सहकर्मीहरुलाई धाक–धम्की दिनु गलत भएको बताउँदै भने,“प्रिय मित्रले कुन शास्त्र पढ्नुभयो कुन्नि ! फल फलाउनु राम्रो हो,विरुवा काट्नु राम्रो हैन, तपाईको स्वर्थका लागि संस्था मार्नु गलत हो ।”  घलेले इसाई धर्मावलम्बीको संरक्षक संस्थाको रक्षाका लागि आफू राज्यको जुनसुकै तहसम्म गएर पहल तथा सहयोग गर्न तयार रहेको बताउँदै, नयाँ नेतृत्व चयन गर्न ढुक्कसँग अधिवेशनमा लाग्न शुभकामना दिए ।

७० वर्षिय सह–अध्यक्ष डोमा राईले आफ्नो जीवनका महत्वपूर्ण समय इसाई धर्मको प्रवद्र्धन र संरक्षणका लागि विताएको जनाउँदै, यसरी अहिलेको अवस्था आएकोमा दुखि भएको बताईन ।

माहासचिब ज्ञानेन्द्रराज सापकोटाले सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठको नृत्वमा रहेको टोलिले सिबी र चिमौरियासहितलाई मिलाउन लामो समयदेखि पहल गरे पनि सिबीको एकल हठको कारण निकास ननिस्किएपछि विशेष महाधिवेशन गर्ने अवस्थामा पुगेकोे बताए ।
उपमहासचिब उपेस नौबागले पूर्वअध्यक्ष सिबी गहतराजलाई आफ्नो एकलकट्टे व्यवहार र हठी प्रवृत्ति छाडेर एक हुन सुझाएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending