Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

समय सापेक्षतामा समाचार समिति

श्रीरामसिंह बस्नेत

काठमाडौं । विश्व पत्रकारिता जगत्मा समाचार समितिको आफ्नै अहम् स्थान रहिआएको छ । यद्यपि समाचार समिति पत्रकारिताको प्रादुर्भाव दुई शक्तिशाली देशबीचको ऐतिहासिक युद्धपछि सिर्जित विषम परिस्थिति र बाध्यताको उपजको रुपमा भएको हो ।

सन् १८१५ मा बेलायत र फ्रान्सबीचको युद्धमा फ्रान्सको पराजय भयो । वाटर लु (त्यतिखेर बेलायत अधिनस्थ निदरल्याण्डस्मा पर्ने वाटर लु अहिले बेल्जियममा पर्दछ) को युद्धको नामले विश्व इतिहासमा चर्चित त्यस युद्धले फ्रान्सका शासक नेपोलियन बोनापार्टको अवसान गरायो । उनको अवसानसँगै फ्रान्स र बेलायतमात्रै होइन सिङ्गै युरोपको धेरै पक्षमा परिवर्तन आयो ।

युद्धअघिसम्म नेपोलियनको पक्षमा रहेर उनलाई नजिकबाट सघाइरहेका आफ्नो आगामी दिन सुरक्षित बनाउन विभिन्न बाटो लागे । कोही देश छोडेर पलायन भए, कोही पेशा परिवर्तन गरेर आफ्नो भाग्य अजमाउन लागे । 

युद्धमा पराजित नहुञ्जेलसम्म नेपोलियनका सेनालाई रासन र बन्दोबस्तीका सामान आपूर्ति गरेर राम्रो आयआर्जन गरिरहेका चाल्र्स लुइस हवासको युद्धपछि त्यो कारोबार बन्द भयो । उनी जीविकोपार्जनका लागि नयाँ काम खोज्न बाध्य भए । तर हवास हरेस खाने किसिमका मानिस थिएनन् ।

उनी परिस्थितिको सही आँकलन गरेर पाइला चाल्न सक्षम व्यवसायी थिए । त्यसैले उनले समाजमा समाचार, विचार र समसामयिक विषयका चर्चा प्रति बढ्दो जनअभिरुचिलाई दृष्टिगत गरी समाचार आपूर्तिको व्यवसाय गर्ने नयाँ सोच बनाए र सन् १८१६ देखि फ्रान्सको राजधानी पेरिस नगरीमा कार्यालय नै खोली त्यस्ता सामग्रीको सङ्कलन, अनुवाद र वितरण गर्ने नयाँ काम प्रारम्भ गरे ।

ती सामग्री प्रमुख पत्रपत्रिका र प्रमुख कार्यालय र व्यापारिक संस्थालाई सःशुल्क वितरण गर्ने नौलो कामबाट हवासलाई राम्रै फाइदा भयो । यो काम गर्ने कार्यालयलाई उनले सन् १९३२ मा ब्यूरो हवास नाम दिए र अनुवाद सेवामा मात्र सिमित नरही केही युवा पत्रकारहरुलाई परिचालन गरी समाचार सङ्कलन र सम्पादन गरी आफ्नै स्वतन्त्र समाचार सेवा दिन थाले । सो व्यवसाय विस्तारै फस्टाउँदै गएपछि सन् १८३५ मा त्यसको नाम परिवर्तन गरी ‘एजेन्से फ्राँसे प्रेसे’ नाम दिइयो जसलाई छोटकरीमा एएफपी भनेर संसारभर चिनिन्छ । यो नै विश्वको पहिलो समाचार एजेन्सी हो । 

यसैलाई पछ्याउँदै सन् १८४८ मा अमेरिकाका एसोसिएटेड प्रेस र सन् १८५१ म बेलायतमा रोयटर्स नामका समाचार एजेन्सीहरु सञ्चालनमा आए । यसरी युद्धको विभिषिकाबाट जन्मेको व्यवसाय आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषणका लागि विश्वभर स्थापित हुन गयो । 

दक्षिण एसियामा पनि एजेन्सी पत्रकारिताको आफ्नै इतिहास रहेको छ । यसको श्रीगणेश भारतबाट भएको हो । भारतमा अङ्ग्रेज साम्राज्य चलिरहेकै बेलामा समाचार एजेन्सीको वीजारोपण गरिएको थियो, सन् १९१० मा एसोसिएटेड प्रेस अफ इण्डियाको नामबाट । पछि भारत स्वतन्त्र भएको लगत्तै सन् १९४८ मा प्रेस ट्रस्ट अफ इण्डिया९पिटिआई० को स्थापना भयो । दुई शताब्दीको वैदेशिक शासनसत्ताबाट मुक्ति पाएको भारतमा आफ्नै स्वतन्त्र र स्वाधीन समाचार एजेन्सी स्थापना हुनु एक समयसापेक्ष कदम थियो ।

अर्को शक्तिशाली राष्ट्र चीनले पनि समाचार एजेन्सीको महत्व पहिलेदेखि नै बुझेकोले सन् १९३१ मै रेड चाइना न्यूज एजेन्सी स्थापना भएको थियो । पछि सन् १९३७ मा यो सिन्ह्वामा रुपान्तरित भयो । चीनले खुला अर्थ नीति अपनाउन थालेपछि सिन्ह्वालाई अन्तर्राष्ट्रिय सञ्जालसहितको समाचार एजेन्सीका रुपमा विस्तार गरियो ।

विश्व बजारले उपयोग गर्ने प्रायः हरेक वस्तु र सेवाको उत्पादन र वितरणमा अग्रणी बन्ने नीति अँगालेको आधुनिक चीनले सिन्ह्वाको माध्यमबाट समाचारलाई पनि समय सापेक्ष बिकाऊ सामान ९कमोडिटी० का रुपमा विश्व मिडिया बजारमा बेचिरहेको छ ।

नेपालमा पनि एजेन्सी पत्रकारिताले साढे छ दशकको इतिहास बनाइसकेको छ । विसं २०१६ मा स्थापित नेपाल संवाद समिति (नेसस)बाट नेपालमा समाचार समिति पत्रकारिताको इतिहास प्रारम्भ भएको पाइन्छ । यसको आवश्यकताको महसुस भने २०१५ सालमा गठित शाही प्रेस आयोगले गरेको थियो । नेससलाई पछ्याउँदै २०१६ सालमा सगरमाथा संवाद समिति (ससस) पनि अस्तित्वमा आयो । यसैबीच २०१७ सालको राजनीतिक परिवर्तनबाट देशका सबैजसो क्षेत्रमा केही सकारात्मक, केही नकारात्मक परिवर्तन आए ।

आमसञ्चारका क्षेत्रमा आएको एक सकारात्मक परिवर्तनको रुपमा नेसस र सससलाई गाभेर २०१८ सालमा राष्ट्रिय संवाद समिति ९रासस० को स्थापना गर्नुलाई लिन सकिन्छ । कमजोर आर्थिक धरातलमा धर्मराएर निजी प्रयासबाट चलिरहेका दुई समाचार एजेन्सीलाई गाभेर भरपर्दो सरकारी संस्थागत आधारसहितको रासस स्थापना गर्नु एक समयसापेक्ष कदम थियो भन्ने कुरा राससको छ दशकको अविराम यात्राबाट पुष्टि हुन्छ । 

आजका चुनौती     

अत्यन्तै दु्रत गतिमा विकास भइरहेका सञ्चार प्रविधिका कारण पहिला कल्पनासम्म पनि गर्न नसकिएका सुविधा आज सर्वसाधारणको हातहातमा पुगेका छन् भने अर्कोतर्फ नसोचेका चुनौतीहरु पनि थपिएका छन् । राससमा २०५०–५१ सालसम्म टाइपराइटरमा स्टेनसिल पेपर र कार्बन पेपर राखेर औालाको टुप्पो दुख्ने गरी टाइपका किहरु ठोकेर समाचार सिट तयार गरिन्थ्यो र त्यही स्टेनसिलबाट लिथो प्रविधिद्वारा समाचार बुलेटिन प्रकाशित गरी सेवाग्राही आमसञ्चार माध्यमहरुसमक्ष पुर्याइन्थ्यो ।  

कम्प्युटर प्रविधिमा प्रवेश गरेपछि यो प्रणालीको अन्त्य भयो । प्रविधिले ल्याईदिएको यो युगान्तकारी परिवर्तन थियो । आज समग्र आमसञ्चार जगत् अत्याधुनिक प्रविधिले सुसज्जित छन् । प्रविधिमा जसको पहुँच छैन ऊ अब टिक्न नसक्ने स्पष्ट छ । 

यतिमात्र होइन, अकल्पनीय प्रविधिले गर्दा पत्रकारिताकै परम्परागत परिभाषा फेरिन गएको छ । आज मुद्रित पत्रपत्रिका, प्रसारण माध्यम मात्र पत्रकारिता होइनन्, अज्ञात नेपथ्यमा रहेको अदृष्य प्रविधिको माध्यमबाट सञ्चालन हुने अनलाइन र सोसिएल मिडिया अग्रपङ्क्तिका पत्रकारिता माध्यम बन्न पुगेका छन् ।

त्यसैगरी मोबाइल सेट सर्वसाधारणको पहुँचमा पुगेपछि अहिले समाचार र विचार सम्प्रेषणका लागि आधिकारिक मान्यताप्राप्त पत्रकार वा सञ्चारकर्मी नै हुनुपर्छ भन्ने छैन, हरेक व्यक्ति समाचार र विचार सम्प्रेषण गर्न सक्ने भएका छन् । एजेन्सीका लागि मात्र होइन सबै किसिमका मिडियाका लागि यो स्थिति निकै चुनौतीपूर्ण बनेको छ ।

समाचार एजेन्सीको मूल आदर्श ‘स्पिड एण्ड एक्युरेसी’ अर्थात् द्रुतगति र सत्यतथ्य हो । विगतदेखि यही मान्यता चलिआएको छ । विश्वमा कहिलिएका एजेन्सीहरु कुनै महत्वपूर्ण समाचार ब्रेक गर्दा मिनेट होइन केही सेकेण्ड भए पनि आफू अगाडि हुन प्रतिस्पर्धा गर्दछन् ।

तर अब यो मान्यतामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ, अनलाइन र सोसियल मिडियाका कारण । किनकि ‘स्पिड’ मा अब समाचार एजेन्सी पछि परिसक्यो, अनलाइन र सोसियल मिडियाले एजेन्सीलाई उछिनेको देखिन्छ । तर ‘एक्युरेसी’ मा भने समाचार एजेन्सीहरु नै धेरै अगाडि छन् । अब एजेन्सीहरुले छिटोका लागि भन्दा सत्यतथ्य र विश्वसनीयताका लागि आफ्नो क्षमता देखाउनु पर्ने अवस्था आएको छ ।

कोभिड–१९ ले ल्याएको विश्वव्यापी सङ्कटका कारण संसारमा धेरै नकारात्मक प्रभाव पा¥यो र त्यसको असर अझै बाँकी नै छ । मुख्यत त्यस महामारीले आर्थिक क्षेत्रमा पारेको प्रतिकूल असर निकै गम्भीर रहन गयो । फलस्वरुप कैयौँ कारोबारहरु यात बन्द भए या शिथिल । कोभिड–१९ को मार खाने एक क्षेत्र मिडिया पनि हो ।

कोभिडका कारण छाएको आर्थिकमन्दीले धेरै मिडिया बन्द भए भने कोही ‘डाउन साइज’ मा झर्न बाध्य भए । यसरी समाचार सेवाका उपभोक्ता घट्दा वा कमजोर हुँदा समाचार एजेन्सीको उपयोगिता र माग पनि स्वतः घट्न जान्छ । यो एक गम्भीर चुनौती हो । कुनै महामारी, लामो युद्ध, द्वन्द्व मात्र होइन, लामो समयको आर्थिक मन्दी र राजनीतिक अन्योलले समेत प्रत्यक्ष वा परोक्ष रुपमा मिडिया बजारलाई असर पार्न थालेको छ ।

अहिले कतिपय मिडियालाई अघि बढ्न त परै जाओस् पहिलाकै आसनमा अड्न समेत हम्मेहम्मे परिरहेको देखिएको छ । यस्तो अवस्था बढ्दै र लम्बिदै गयो भने समाचार एजेन्सीहरुलाई पनि आफ्नो अस्तित्व जोगाउन कडा सङ्घर्ष गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

वास्तवमा एजेन्सी पत्रकारिता आर्थिक बाध्यताको उपज हो । सबैखाले मिडियाले सबै स्थानमा आफ्ना समाचार प्रतिनिधिहरु राखेर समाचार सङ्कलन गर्न आर्थिक र व्यवस्थापकीय कारणले सक्दैनन् । त्यसैले आफ्ना प्रतिनिधि नभएका स्वदेश वा विदेशका स्थानहरुका समाचार र समाचार सामग्री एजेन्सीमार्फत प्राप्त गर्दा मिडियाहरुलाई धेरै किफायत पर्दछ । यही कारण मिडियाहरु समाचार एजेन्सीको ग्राहक बन्छन् । यो स्थितिमा परिवर्तन आएमा एजेन्सीहरुले वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आउँछ । 

विगतमा युरोपमा भर्खर भर्खर टेलिग्राफ प्रविधि प्रचलनमा आएको बेलामा (सन् १८५० तिर) यो निकै महँगो थियो । एउटा पत्रिकाले आफूले मात्र प्रयोग गर्ने गरी टेलिग्राफ राख्न सक्ने अवस्था थिएन । त्यसैले एजेन्सीको टेलिग्राफमार्फत समाचार प्राप्त गर्न पनि पत्रपत्रिकाहरु एजेन्सीका सेवाग्राही बन्न बाध्य भएका थिए । 

अबको बाटो 

व्यक्तिको जीवनमा जस्तै राष्ट्र, समाज र व्यवसायको जीवनमा पनि उतारचडाव आइरहनु स्वभाविकै हो । समय सधैँ एकनास रहँदैन । तर प्रतिकूल समयमा पनि आफू नडग्मगाई टिक्न सक्ने बलियो रणनीति सबैसँग हुनु अत्यावश्यक छ । यसका लागि सबैभन्दा प्रमुख रणनीति भनेको आफूलाई समयसापेक्ष बनाउन सक्नु नै हो । समयसापेक्ष बन्न सकेमा पलायन हुन पर्दैन ।

जहाँसम्म नेपालमा समाचार एजेन्सी पत्रकारिताको सवाल छ, त्यसको धरातल बलियो छैन । यहाँ राससको मात्र कुरा गर्न खोजिएको होइन । समाचार एजेन्सी पत्रकारिताबारे राज्यकै दृष्टिकोण र स्पष्ट नीतिको अभाव रहेको स्थितिप्रति इङ्गित गर्न खोजिएको हो ।

मूल कुरा हाम्रो राज्यले एजेन्सी पत्रकारिताबारे स्पष्ट नीति र दृष्टिकोण नै अहिलेसम्म बनाउन सकेको छैन । समग्र पत्रकारिताकै एक सानो नगन्य अंशको रुपमा मात्र यसलाई लिइएको छ ।

पञ्चायती व्यवस्था लागू गरिएको सन्दर्भमा निर्मित रासस ऐन २०१९ कै भरमा अहिलेसम्म रासस चलिरहेको छ । समयसापेक्ष हुने गरी राससको नयाँ ऐन बनाउने प्रयासले मूर्तरुप लिन बाँकी नै छ । सरकारले राससका अतिरिक्त समाचार एजेन्सीकै प्रकृतिको काम गर्न अन्य निकायलाई पनि अनुमति त दिएको छ तर जस्केलाबाट ।

किनकि रासस ऐन राससका लागि मात्र हो, अरुका लागि होइन । यदि राससबाहेक अरुलाई पनि एजेन्सी पत्रकारिता गर्ने आधिकारिक मान्यता दिने हो भने समाचार एजेन्सीसम्बन्धी अलग ऐन आउनु नितान्त आवश्यक छ ।  

सरकारले कानुनी पाटोमा दुईवटा ऐन ल्याउनु जरुरी छ– एउटा रासस ऐन २०१९ लाई विस्थापित गर्ने गरी नयाँ रासस ऐन र अर्को समाचार एजेन्सी प्रकृतिका काम गर्ने निजी वा गैरसरकारी क्षेत्रका अन्य सबै एजेन्सीलाई नियमन गर्ने नयाँ ऐन । 

एजेन्सी पत्रकारिताले आफ्नो जीवन दिगो र सुरक्षित बनाउने हो भने अब बहुआयामिक सेवातर्फ अग्रसर हुनु अपरिहार्य छ । अब पनि उहाँले भन्नुभयो’ “उहाँले गर्नुभयो’ जस्ता ‘प्रोटोकल जर्नलिज्म’ मै रुमल्लिरहने हो भने न्यूज एजेन्सीको पनि सटर बन्द हुन धेरै समय लाग्ने छैन । ‘इभेन्ट’ र ‘इन्सिडेन्स’ का समाचार रिपोर्टिङलाई मात्र प्राथमिकता दिनुको साटो ‘इस्सु’लाई महत्व दिएर फिल्ड रिपोर्टिङ, इनडेप्थ रिपोर्टिङ, इन्भेस्टिगेटिभ रिपोर्टिङ आदिलाई उच्च प्राथमिकता दिनु जरुरी छ ।

समाजमा उजागर हुनै पर्ने तर हुन नसकेका अनगिन्ति क्षेत्र र विषयहरु छन् । तिनलाई ‘प्रो एक्टिभ जर्नलिज्म’ को मान्यताअनुसार उजागर गर्न सकेमा एजेन्सीले आफूलाई समयसापेक्ष बनाईराख्न सक्नेछ । परम्परागत समाचार शैलीलाई आधुनिकीकरण गर्नु र मुख्यतः समाचार सामग्रीको विषयवस्तुमा नवीनता ल्याउनु आवश्यक छ ।

आजका ११ र १२ कक्षाका विद्यार्थीहरु देशका निकट भविष्य हुन् । तर अपसोचका साथ भन्नुपर्छ कि उनीहरु हाम्रा मिडियाका समाचार सामग्रीप्रति आकर्षित छैनन् । गहिरोसँग सोच्ने हो भने यो निकै ठूलो चुनौती हो र समग्र मिडियाकै भविष्यका लागि खतराको सङ्केत देखिएकाे छ ।

समाचार एजेन्सी र अन्य मिडियाले पनि ती युवा, विद्यार्थी वर्गलाई आकर्षित गर्न सक्ने सब्जेक्ट र कन्टेन्ट दिनसक्नुपर्छ । आफ्नो देश र समाजप्रति नवयुवा वर्गलाई उदासिन र बेखबर बन्न नदिने दायित्व मिडियाको हो । नवयुवा वर्गलाई देशको चासो नहुने तर विदेशको भने एक एक चासो हुने स्थिति लम्बियो भने त्यसले भविष्यमा दुखद् दृष्य देखाउने छ ।

समाचार एजेन्सी मात्र होइन, अहिले समग्र पत्रकारिता नै एकप्रकारको अन्योल, अराजकता र अस्थिरताको चरणबाट गुज्रिरहेको छ । यो अझ लम्बिन पनि सक्छ, सबै पक्षले बेलैमा विचार पु¥याएर प्रभावकारी कदम चालेमा छोटिन पनि सक्छ । सबैभन्दा मुख्य कुरा पत्रकारिताले आफ्नो धर्म छोडनु हुँदैन । आर्थिक लाभ, राजनीतिक लाभ र विभिन्न अवसरको क्षणिक लाभलाई मात्र लक्ष्य बनाएर पत्रकारिता गर्ने हो भने पछि पछुताउनसमेत ठाउँ नरहन सक्छ ।
(लेखक राससका पूर्वमहाप्रबन्धक हुन् )

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ/ हावा हुरीसहितको वर्षा हुने

काठमाडौं ।  मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...

नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर बन्योः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमवार बेपत्ता योद्धा समाज परिवार...

दुर्घटनामा परी सब इन्जिनियरको मृत्यु

विराटनगर  । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको छ । विराटचोक–घिनाघा...

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...

संसदीय समिति गठनको माग गर्दै विपक्षी दलले सडक र सदन तताउने

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...

विश्वासको मत पाएपछि ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies