Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

सस्तोमै टेलिकमको ‘रोमिङ’

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ ।

त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ । 

रोमिङ सेवाको प्रभावकारी प्रयोगका लागि टेलिकमले आफू जान लागेको देशमा रोमिङ सेवा भए नभएको हेर्नुपर्ने, नेपालमै रोमिङ सेवा सक्रिय गर्नुपर्ने, सक्रिय गर्दा टेलिकमको वेबसाइटमा रहेको फारम डाउनलोड गर्नुपर्ने सुझाव दिएको छ । यसरी फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको फोटोकपि र भरिएको फारम तोकिएको इमेल ठेगानामा पठाउनुपर्ने कम्पनीले जनाएको छ । 

यसरी इमेलमा पठाइसकेपछि टेलिकमले प्रिपेड सिमको हकमा सामान्य अवस्थामै रोमिङ सेवा सुचालु गर्छ भने पोस्टपेड मोबाइलको हकमा भने पाँच हजार रुपैयाँ हुनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ । 

रोमिङ सेवा उपलब्ध हुने देशको सूची टेलिकमले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । विदेशमा गएर रोमिङ सेवा सक्रिय गर्नुपर्ने अवस्थामा टेलिकमले उपलब्ध गराएको रोमिङ सेवा सञ्चालनसम्बन्धी फारम भरेर इमेल गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार प्रिपेड सिममा जतिसुकै रकम भए पनि आवश्यकता अनुसार रोमिङ सेवा चलाउन सकिन्छ । यसका लागि रकमको सीमा छैन । पोस्टपेड सिममा भएको ब्यालेन्स रकम घटेर तीन हजार रुपियाँभन्दा कम भयो भने रोमिङ सेवा चलाउन नसकिने कम्पनीले स्पष्ट पारेको छ ।

रोमिङ सेवा सक्रिय गराइसकेपछि विदेशस्थित दूरसञ्चार सेवा प्रदायकको नेटवर्कसँग जोडिनु पर्छ । सामान्य रूपमा आफैँ त्यस्तो नेटवर्कसँग जोडिने भए पनि त्यस्तो नभएको अवस्थामा नेटवर्क ‘सर्च’ गरेर पनि जोड्न सकिने कम्पनीले जनाएको छ । 

टेलिकमको रोमिङ सेवामार्फत अधिकांश देशमा फोन र एसएमएस मात्र उपयोग गर्न सकिए पनि भारतमा भने रोमिङ डेटा प्याकसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । भारतमा उपलब्ध गराइएको डेटा प्याक कम मूल्यमै प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वर्णिमलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै हर्कको व्यङ्ग्य

काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...

डिजिटल माध्यमबाट सदस्यता वितरण गर्दै नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औप...

सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दि...

चिया संकट : ६० हजार रोजगारी जोखिममा, सरकार कहिले जाग्ने ?

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण न...

दक्षिण कोरियामा ‘बिश्वकर्मा भलिबल कप–२०२६’ हुँदै, विजेतालाई २२ लाख वन पुरस्कार

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...

गर्मीको चापसँगै मधेसमा विद्युत् संकट गहिरिँदै, उपभोक्तामा आक्रोश बढ्दो

जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...

फिफा विश्वकप २०२६ : पानामालाई १–० ले हराउँदै घानाको महत्वपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending