Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सस्तोमै टेलिकमको ‘रोमिङ’

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ ।

त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ । 

रोमिङ सेवाको प्रभावकारी प्रयोगका लागि टेलिकमले आफू जान लागेको देशमा रोमिङ सेवा भए नभएको हेर्नुपर्ने, नेपालमै रोमिङ सेवा सक्रिय गर्नुपर्ने, सक्रिय गर्दा टेलिकमको वेबसाइटमा रहेको फारम डाउनलोड गर्नुपर्ने सुझाव दिएको छ । यसरी फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको फोटोकपि र भरिएको फारम तोकिएको इमेल ठेगानामा पठाउनुपर्ने कम्पनीले जनाएको छ । 

यसरी इमेलमा पठाइसकेपछि टेलिकमले प्रिपेड सिमको हकमा सामान्य अवस्थामै रोमिङ सेवा सुचालु गर्छ भने पोस्टपेड मोबाइलको हकमा भने पाँच हजार रुपैयाँ हुनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ । 

रोमिङ सेवा उपलब्ध हुने देशको सूची टेलिकमले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । विदेशमा गएर रोमिङ सेवा सक्रिय गर्नुपर्ने अवस्थामा टेलिकमले उपलब्ध गराएको रोमिङ सेवा सञ्चालनसम्बन्धी फारम भरेर इमेल गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार प्रिपेड सिममा जतिसुकै रकम भए पनि आवश्यकता अनुसार रोमिङ सेवा चलाउन सकिन्छ । यसका लागि रकमको सीमा छैन । पोस्टपेड सिममा भएको ब्यालेन्स रकम घटेर तीन हजार रुपियाँभन्दा कम भयो भने रोमिङ सेवा चलाउन नसकिने कम्पनीले स्पष्ट पारेको छ ।

रोमिङ सेवा सक्रिय गराइसकेपछि विदेशस्थित दूरसञ्चार सेवा प्रदायकको नेटवर्कसँग जोडिनु पर्छ । सामान्य रूपमा आफैँ त्यस्तो नेटवर्कसँग जोडिने भए पनि त्यस्तो नभएको अवस्थामा नेटवर्क ‘सर्च’ गरेर पनि जोड्न सकिने कम्पनीले जनाएको छ । 

टेलिकमको रोमिङ सेवामार्फत अधिकांश देशमा फोन र एसएमएस मात्र उपयोग गर्न सकिए पनि भारतमा भने रोमिङ डेटा प्याकसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । भारतमा उपलब्ध गराइएको डेटा प्याक कम मूल्यमै प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending