Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

हत्या आरोप लागेका पाँच जना पुर्पक्षका लागि सुधार गृह पठाउन अदालतकाे आदेश

खबरडबली संवाददाता

बेनी । म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिनाअघि भएको हत्या आरोप लागेका पाँच नाबालक आरोपीलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको छ । रघुगंगा गाउँपालिका—१ बेग घर भई बेनी नगरपालिका— ८ पिपलचोक बस्ने २१ वर्षीय सुशील गर्बुजालाई गत माघ ११ गते बेनी नगरपालिका— ८ न्युरोडमा चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेका १७ जनामध्ये ५ जना नाबालकलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश गरेको हो।

जिल्ला अदालत म्याग्दीका  श्रेस्तेदार भोलाराज रेग्मीले अदालतमा उपस्थित भएका पाँचजना नाबालकलाई बयान गरेर पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भएको जानकारी दिए।  जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले परिवर्तित नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड) लाई सुधारगृहमा पठाउन आदेश दिएका हुन्। ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका आरोपी फरार छन् । १८ वर्षभन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनीहरूलाई सुधार गृहमा पठाइएको श्रेस्तेदार रेग्मीले बताए । 

‘१० जना वयस्कमध्ये ८ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको र पाँच जनाको  थुनछेक बहस भएको बताउँदै बाँकी तीन जनाको बहस सकिएपछि एकमुष्ठ आदेश हुने उनले बताए ।

धवलागिरी गाउँपालिका— ४ खिवाङका २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका— ७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, मंगला गाउँपालिका— २ का प्रविन जीसी, बेनी नगरपालिका— ९ का १८ वर्षीय सविन राई र रघुगंगा गाउँपालिका— २ का १८ वर्षीय सञ्जन खत्रीको थुनछेक बहस भएको हो ।

धवलागिरि गाँउपालिका— ४ का २२ वर्षीय शंकर घर्ती, बेनी नगरपालिका— ५ का २४ वर्षीय सफल खत्री, जलजला गाउँपालिका— ३ पर्वतका १८ वर्षीय सोहन बरुवालको थुनछेक बहस हुन बाँकी छ। श्रेस्तेदार रेग्मीका अनुसार आरोपित वयस्कहरूमध्ये मनिष तिलिजा र एम भनिने गगनबहादुर गर्बुजा फरार छन्। 

प्रहरीको अनुसन्धान प्रतिवेदन र मिसिलको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत म्याग्दीमा घटनाका आरोपितहरूको विरुद्धमा मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय, म्याग्दीले गर्बुजाको हत्यामा संलग्न भएको आरोप लागेका १७ जनाविरुद्ध जन्मकैदको सजायको माग दाबीसहित अनुसन्धान प्रतिवेदन  सरकारी वकिलको कार्यालयमा फागुन ३ गते बुझाएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का, मेडिकल रिपोर्ट, साक्षी, प्रत्यक्षदर्शी, आरोपितको बयान, सीसीटीभी फुटेज, सर्वसाधारणले खिचेका तस्बिर र भिडियोलगायतलाई आधार मानेर घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको जनाएको छ।

यस घटनाको अनुसन्धान प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा भएको थियो। ३१ जना साक्षीहरूको बयान लिइएको छ। ४ जना फरारको खोजीलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending