Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

युवाकाे प्रश्नः अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने कि केही नीति पनि छ ?

युवा कांग्रेसमा किन लाग्ने?

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने ? भन्ने विषयमा प्रश्न उठेको छ । बुधबार कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने हो कि केही नीति पनि छ भन्दै प्रश्न गरेका छन् । 

उनले भने, “म २७ वर्षे युवा हो। म मेरो बुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ।” उनले महासमितिमा जान युवाहरूलाई रोक्नेहरूलाई भोट फेरि युवाले नै हाल्नुपर्ने भन्दै आक्रोश पोखे।

“महासमिति जान नदिने, बच्चा हो नजा भन्ने अनि भोट चाहिँ हामीले हाल्नु पर्ने ? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ। नभए हामी किन चाहियो ?,” उनले भने, “किन कांग्रेसमा लाग्ने ? नेपाली कांग्रेसले अवसर दिएको छैन।”

नेताहरूले आफ्ना मान्छेलाई मात्रै भ्रातृ संगठनमा ठाउँ दिएको भन्दै उनले आपत्ति जनाए। “आज खल्तीको मान्छे भातृ संस्था बनाउनुहुन्छ। अधिवेशन नभएर नेता भेट्न ठिक्क छ। ग्राउन्डमा कहिले जाने हामी ? कसरी काम गर्ने ?” उनले प्रश्न गरे। उनले जात र धर्मको नाममा राजनीति नगर्न पनि सुझाव दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending