काठमाडौं । विभिन्न जिल्लाबाट सामलसहित हिँडेर आएका मिटरव्याज र लघुवित्तपीडितहरूले सिंहदरबारअगाडि प्रदर्शनको तयारी गरेका छन् । थानकोटको खुल्ला चौरमा चुलोचौको थापेर बसेका उनीहरू सिंहदरबारमा आफ्नो माग राख्ने जाने तयारीमा जुटेका हुन् ।
मागहरु पूरा नभएसम्म घर नफर्किने उनीहरूको अडान छ । माघ १६ गते महाकालीको गड्डाचौकीबाट प्रवक्ता निर्ग नविन र पूर्वको मेची पुलबाट अध्यक्ष अवधेश कुश्वाहा नेतृत्वको टोली हिँडेर काठमाडौं आएका हुन् । ३ वर्षदेखि आन्दोलन गरिरहेको भएपनि मागको सुनुवाइ नभएकोले आज ‘न्याय मार्च’ को तयारी गरिएको अध्यक्ष अवधेशले बताए । थानकोटबाट सुरू भई कलंकी, कालिमाटीबाट त्रिपुरेश्वर, सहिदगेट हुदैँ सिंहदरबार पुग्नेगरी पैदल मार्चको रुट तय गरिएको उनको भनाइ छ ।
उनीहरूले लघुवित्त र वित्तीय संस्थालाई सामन्तीको संज्ञा दिँदै खारेज गर्न, सामूहिक ऋण मिनाहा गर्न पनि माग गरेका छन् ।
मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको प्रवक्ता नविनले बताए । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरव्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाइसकेको छ ।











यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: