Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सांसद तोसीमाको प्रश्नः स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार किन गम्भिर नभएको ?

फाइल फाेटाे
खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकार गम्भिर नभएको बताएकी हुन् । 

‘कुन उपचार, कुन परीक्षणको कति लाग्छ भन्नेमा न शुल्क निर्धारण छ न त नियमन नै । अस्पताल र प्रयोगशालाहरूले आफूखुशी शुल्क तोकिरहेका हन्छन्।  निजीमात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन,’ उनले भनिन्।  

संविधानको प्राबधानअनुसार नागरिकले कस्तो उपचार कति रूपैयाँमा हुन्छ र त्यसका जोखिमहरू के-के हुन्छन् भनेर सबै नागरिकले जानकारी पाउनुपर्ने उनकाे भनाइ छ । हरेक सेवा शुल्कबारे नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्छ नियम भएपनि अधिकांश अस्पतालले यो नियमको पालना नगरेका उनले बताइन्।

‘कतिपय अस्पतालमा पैसा तिर्ने झ्यालमा पुगेपछि थाहा हुन्छ कुन उपचारको कति पैसा पर्छ भनेर । त्यो पनि अस्पतालपिच्छे फरकफरक छन्,’ उनले भनिन्।   सांसदक कार्कीले भिडिओ एक्स–रे एउटै टेस्टको शुल्क ५ सयदेखि २५ सयसम्म लिइने गरेको पाएको बताइन् । ल्याब टेस्ट र अपरेशन शुल्कमा स्थिति अझै बिकराल रहेको उनको दाबी छ ।

‘पित्तथैलीको अपरेसन गर्नलाई, एपेन्डिक्स फाल्ने अपरेसन गर्न ३० हजारदेखि डेढ लाख तिरिरहेका हुन्छन् नागरिकहरूले। एकै देशमा एउटै प्रबिधिबाट गरिने उस्तै उपचारको शुल्क किन अस्पतालपिच्छे फरक छ? यसको मापदण्ड खोई?,’ उनले भनिन्।  

अहिले  पैसा हुनेले सहज उपचार पाउने र पैसा नहुनेले सस्तो कहाँ पाउँछ भनेर भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको उनले बताइन्। ‘छटपटाइरहेको बिरामीले कहाँ सस्तो उपचार पाउँछु भन्दै भौँतारिनुपर्ने अनि मौलिक हक अधिकार सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं भनेर भाषणमा कुर्लिरहने?,’ उनले भनिन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending