Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

चैत १ गते काठमाडौंमा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न  जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो ।

बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा बिशेष जोड दिए ।

थापालेआन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आबश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपूर्वक निरन्तर प्रयासरत रहेको समेत बताए । आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सिमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आवश्यकता भएको थापाको भनाई थियो ।

बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरु तथा केन्द्रीय पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरु गर्ने समेत निर्णय भएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies