Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एचआइभी एड्सबाट कञ्चनपुरमा चारसय ४१ जना सङ्क्रमित

\"aidsकञ्चनपुर । एचआइभी एड्सबाट कञ्चनपुर जिल्लामा ४४० जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये २३१ पुरुष, २०८ महिला र एकजना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको हो । एड्सबाट सङ्क्रमित हुने १८ वर्षमूनिका बालबालिकाको सङ्ख्या भने ५० रहेको छ । जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका अनुसार गत वर्षसम्म एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या ४१९ रहेको थियो जसमा पुरुष २२२, महिला १९६ र एक जना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको थियो । सोही अवधिमा अठार वर्षमूनिका ४६ जना बालबालिकामा एड्सको सङ्क्रमण देखापरेको थियो । सबैभन्दा बढी ३० वर्षदेखि ३९ वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ । यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने ग्राहकहरु एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको पाइएको जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका कार्यक्रम संयोजक रतनबहादुर विष्टले बताए । उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दो रुपमा रहेको छ । ‘जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासीमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमतीलाई उनीहरुले नै एड्स सङ्क्रमण सारेको बढी देखिएको छ’ – उनले भने । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढाउँदै लैजानुपर्ने एनएसडब्लुएका एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका देवराज बडुले बताए । विगतका वर्षहरुमा भन्दा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएको छ उनले भने– ‘यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु आवश्यक छ ।’ कञ्चनपुरमा सन् २००५ मा एचआइभी एड्सको पहिलो रोगी देखापरेको थियो । जिल्ला एड्स समन्वय समितिले एचआइभी सङ्क्रमितहरुको नियमित चेकजाँचका लागि एआरटी, पिएमटिसिटी, भिसिटीलगायतका सेवा प्रदान गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending