Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

ठेक्का सम्झौता भएर अलपत्र अवस्थामा रहेको अस्पताल तीन वर्षपछि निर्माण हुँदै

खबरडबली संवाददाता

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शैयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो । 

अहिले अस्पताल निर्माणको काम भइरहेको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन घिमिरेले बताए। शिलान्यास भए पनि लामो समयसम्म निर्माण रोकिएको अस्पतालको काम अहिले धमाधम भइरहेको उनले बताए। लामो समय अलपत्र परेको अस्पतालको काम ढिलै भए पनि अहिले भइरहेको छ वडाध्यक्ष घिमिरेले बताए । लक्ष्मीपुर अस्पताल निर्माणका लागि शिलान्यास भएको करिब आठ महिनापछि २०७८ साल असार २८ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो । 

सम्झौता अनुसार गत वर्षको असारमा सकिनुपर्ने भए पनि अस्पतालको डिजाइन मन्त्रालयबाट स्वीकृतमा ढिलाइ हुँदा अहिले काम सुरु भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताए । पौडेलका अनुसार अस्पताल भवन निर्माणका लागि आगामी असार महिनासम्म म्याद थप गरिएको छ । 

सङ्घीय सरकारको बजेटमा घोराही उपमहानगरपालिकाले प्राविधिक सहयोगमा अस्पतालको भवन निर्माणको काम भइरहेको छ । करिब १० करोड ६६ लाख चार हजार ९०१ रुपैयाँमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । अस्पताल निर्माण भएपछि घोराही उपमहानगरपालिका–४, ३, २ र १ नं। का नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । 

लक्ष्मीपुर अस्पतालको भवन निर्माणको काम अघि बढे पनि घोराही उपमहानगरपालिका–१० को ‘नारायणपुर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को भवन निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माणका लागि २०७८ साल माघमा रोयल बिल्डर्स प्रालिसँग घोराही उपमहानगरपालिकाको सम्झौता भएको थियो । 

२०७९ साल असार ३० गतेसम्म सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म काम नभएको महाशाखा प्रमुख पौडेलले बताए । निर्माण व्यवसायीलाई पेनाल्टी जरिबाना गरेर भवन निर्माणको काम गर्न दिने सहमति भए पनि निर्माण व्यवसायीले ढिलाइ गरेको उनको भनाइ छ । 

सम्झौता अनुसार काम सुरु भएको भए एक वर्षअघि नै भवन निर्माण भइसक्ने महाशाखा प्रमुख पौडेलले  बताए । त्यो बेला आर्थिक समस्या नभएको र अहिले भवन निर्माणका लागि बजेटको समेत समस्या रहेको उनको भनाइ छ । एक करोडभन्दा बढीको योजना भए पनि अहिले २० लाख रुपैयाँ मात्र बजेट भएको महाशाखा प्रमुख पौडेलले बताए ।  

भवन निर्माण नहुँदा  सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट बिरामीलाई सेवा दिन समस्या भइरहेको केन्द्रका प्रमुख डा. डिल्लीराज आचार्यले बताए । सहरी क्षेत्रमा भएकाले धेरै बिरामी आउने भए पनि भवन अभावका कारण साँघुरो र पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रमुख आचार्यको भनाइ छ । सहरी प्रवर्धन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा बिरामीलाई सेवा दिनसँगै प्रशासनिक काम गर्न समस्या भइरहेको प्रमुख आचार्यले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending