Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कैलाली घटनाप्रति यसरी दुः ख व्यक्त गरे युरोपका नेपाली संगठनले

\"europe\"काठमाडाै । कैलाली लगायत देशको बिभिन्न भागमा भएको घटना प्रति यूरोपमा रहेका प्रगतिशील नेपाली संगठनहरुको संयूक्त प्रेस बिज्ञप्ति  निकालेर त्यसको विरोध गर।ेका छन्  । उनीहरुले विज्ञप्तिमा यूगौ देखी सामन्तवादी राज्य ब्यवस्थाबाट अन्यायमा परेका उत्पिडित नेपालीहरुले संबिधानसभावाट मार्फत खोसिएको अधिकारलाई नेपालको नयां बन्ने संबिधानमा स्थापित गराउन संघर्ष र आन्दोलनबाट आफ्नो मागलाई राज्यसम्म पुर्याउन आन्दोलन गर्नु स्वभाबिक भएको बताएका छन् । उनीहरुले बिगत केहि दिन देखि नेपालको बिभिन्न भागमा आफ्ना हक अधिकार प्राप्तिका लागी आन्दोलन जनताहरु फेरी पनि  आफुहरु ठगिने हो की भनेर गरिएको आन्दोलनका क्रममा घट्न गएको घटना प्रति दुः ख प्रकट गरेका छन् । विज्ञप्तीमा भनिएको छ  ‘आन्दोलनको केन्द्रबिन्दु कैलालीमा त्याहांका धर्तिपुत्र थारु समुदायहरुले आप्mनो अधिकार सुनिश्चित गर्न गरेको शान्तिपुर्ण आन्दोलनकै क्रममा आन्दोलनमा घुसपैठ भई अत्यान्त अमानबिय ढगंबाट भएको घटना कुनै पनि नेपालीहरुको हितमा होईन भन्नेमा स्पष्ट हुन जरुरी छ ।’ देशको बिभिन्न भागमा उत्पिडित समुदायले गरेको आन्दोलनको बलवाट प्राप्त गर्न लागेकोअधिकारलाई कुल्चने निहीत स्वार्थमा रमाउनेहरुले गलत ढंगले पनि संचालन गर्न सक्ने  र आफ्नो निहित स्वार्थकोलागी जनताको अधिकारलाई बञ्चित गर्दै फेरीपनि ठगिने सक्ने तर्फ सचेत हुन जरुरी छ ।’ उनीहरुले  विज्ञप्तिमा भनेका छन् ‘उत्पिडित जनताले गरेको आन्दोलनलाइ बदनाम गर्ने, दमन गर्ने र सधै हैकम जमाउने तत्वहरु बिगतमा खोसिएको बिरासतलाई फर्काउन सकिन्छकी भन्ने कुचेष्टा प्रति पनि सचेत हुन जरुरी छ । अहिले देशको बिभिन्न ठाँउमा आन्दोलनमा किन र कसरी घटना भयो भनेर सत्य तथ्य बाहिर ल्याउनु पनि राज्यको दायित्व हो र अहिलेसम्म राज्य त्यो दायित्व पुरा गर्न नसक्नुनै अहिलेको सरकारनै दोषि हो भन्नेमा दुई मत छैन । ’ उनीहरुले नेपाल सरकार तथा नेपालका राजनैतिक पार्टीहरुलाई तत्काल असन्तुष्ट पक्षसँग वार्ता गरी हदै सम्मको लचकता देखाउदै जनतालाई अधिकार दिन सकुंचित नगरीयोस् भन्ने माग गरेका छन्। यूरोपमा रहेको प्रगतिशील संगठनहरु समस्याको सामाधान सेना परिचालन तथा दमनबाट नभएर राजनैतिक वार्तानै हो भन्नेमा विश्वास रहेको उनीहरुले बताएका छन् । साथै कैलालीदेखी देसको बिभिन्न भागमा भएको घटनामा मृत्यू भएका सुरक्षकर्मी तथा आन्दोलनरत नेपाली जनता प्रति हार्दिक श्रन्दाजली ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वस्थलाभको कामना गर्दै  आन्दोनको क्रममा भएको क्षतिको उचित क्षतिपुर्ति माग गर्दै घाईहरुको निः शुल्क उपाचारको ब्यवस्था गराउनुको साथै  जनताको जनधनको ग्यारेण्टी को माग गरेका छन् । विज्ञप्ती सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप डा। कृष्ण अर्याल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम कृष्ण तिवारी अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप विर मान घर्तिमगर अध्यक्ष मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप ईन्दिरा पौडेल, अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम मनिष गुरुङ संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम अच्यूत फुयाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड गणेस ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क देबी गौतम अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, डेनमार्क रामशरण ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन दलराम तामागं संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड सुरेस गौतम संयोजक नेपाली समाज यूके मान गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा,बेलायत अरुण मगर संयोजक मगर राष्ट्रिय मुक्ति मोर्चा, बेलायत राम गौचन अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पोर्चुगल डिलाराम चापांगाई संयोजक संयूक्त संघर्ष समिति, पचुर्गल गोबिन्द प्रसाद भण्डारी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली गंगा भुषाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन धनेश घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स रामचन्द्र पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड सागर पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनीले संयुक्त रुपमा निकालेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending