विराटनगर । नेपालका पूर्वी पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा अत्याधिक रूपमा भारत तस्करी भएकाे पाइएकाे छ । तराइका सिमावर्ती जिल्लामा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको हाे ।
गत एक महिनाको अवधिमा मात्र प्रहरीले दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो । ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिवन्ध लगाइएको गाँजा खाेटाङ, भोजपुर, धनकुटा, उदयपुर, तेह्रथुमलगायतका जिल्लामा उत्पादन गरी भारत पुर्याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पुर्याउने गिरोह पछिल्लो समय निकै सक्रिय रहेको प्रहरीको भनाइ छ ।
पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ । तर, प्रहरी भने वर्षेनी गाँजा खेती फँडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ । लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।
प्रदेश प्रहरी कार्यालयकाअनुसार गत माघ महिनायता एक हजार ९ सय १९ किलो गाँजा बरामद गरिएको छ । चालू आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ । अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा पाँच हजार आठ सय १५ किलो गाँजा बरामद भएको थियो ।
प्रहरीले गाँजालगायत लागुऔषधसहित चालू आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार १५१ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...




प्रतिकृया लेख्नुहोस्: