Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा कर्मचारी नहुँदा आर्थिक कारोबार ठप्प

कर्मचारीको अटेरी तीनदिन हाजिर गर्दै सुगममा जाँदै

खबरडबली संवाददाता

रामेछाप  ।  रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा लेखाका कर्मचारी नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।चालु आर्थिक वर्षको साउन महिनादेखि गाउँपालिकामा लेखा अधिकृत नहुँदा गाउँपालिकाको अर्थिक कारेबार ठप्प भएको हो ।

गत साउनदेखि गाउँपालिकामा तीन जना लेखा अधिकृत आउँदै हाजिर गर्दै फिर्ता भएका छन् । विभिन्न बहानाबाजी गरेर उनीहरू तीन दिन मात्रै कार्यालयमा हाजिर भएर फेरि फर्किएका छैनन् । जसले गर्दा गाउँपालिकाको आर्थिक गतिविधि ठप्प हुन पुगेको दोरम्बा शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले बताए । 

लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन नसकेका उनले बताए । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि ठप्प भएको छ । 

दोरम्बा शैलुङ गाउँपालिकामा सरकारले आठ महिनाको अवधिमा चार जना लेखाका कर्मचारी पठाइसकेको छ । सरकारले खटाएर पठाए पनि उनीहरू गाउँपालिकामा नबस्दा गाउँपालिकाको लेखा शाखा अहिले कर्मचारीविहीन अवस्थामा रहेको  छ । 

कर्मचारीको अटेरी

गाउँपालिकामा गत साउन महिनामा दण्डपाणि पौडेल लेखा अधिकृतको रूपमा आएका थिए तर कार्यालयमा हाजिर भएर तीन दिनभन्दा बढी पौडेल पनि गाउँपालिकामा बसेनन् । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार गाउँपालिकामा लेखा अधिकृतका रूपमा गीता खनाल आएपछि पौडेल बागमती प्रदेश उद्योगमन्त्रीको सचिवालयमा सरुवा भएकी थिईन् । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयले लेखा अधिकृत खनाललाई २०८० कात्तिक १७ गते बढुवा नियुक्ति तथा पदस्थापन गरेर दोरम्बा शैलुङ गाउँपालिकामा पठाएको थियो तर लेखा अधिकृत खनाल विभिन्न बहाना बनाएर बिदासमेत नलिई कार्यालयमा उपस्थित नै नभएको गाउँपालिकाले जनाएको छ ।  लेखा अधिकृत खनालको पालिकामा अनुपस्थित रहेको र उनको बिदा पनि  स्वीकृत नभएको बताइएको छ ।  अहिले पनि खनाललाई पालिकामा गएर कार्यसम्पादन गर्न अनुरोध गर्दा गाउँपालिका जान अटेर गरिरहेको बागमती प्रदेश मुख्यमन्त्री कार्यालय प्रशासन शाखाका कर्मचारी विनोद पौडेलले बताए । 

उनले भने, “अधिकृत खनालले विभिन्न बहाना गरेर हाजिर नै नभई सरुवा माग गर्नुभएको थियो । सामान्य बढुवा वा सरुवामार्फत पोस्टिङ भएको दुई वर्षसम्म त्यो कर्मचारीलाई नचलाउने व्यवस्था छ । खनाललाई अहिले केही गर्न नसकिने जवाफ दिइएको र पोस्टिङ भएको ठाउँमा गएर काम गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरिरहनुभएको छ । उहाँलाई हाजिरै नभई अर्को ठाउँमा सरुवा दिने अवस्था छैन । सबै सुगम खोज्छन्, दुर्गममा कोही जान मान्दैनन् । जे माग्यो त्यही गर्ने, कानुनको पालना नगर्ने हो भने हुँदैन ।” अब यसरी अटेर गर्ने कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित पालिकाका अध्यक्षलाई अनुरोध गरेको पौडेलले बताए । 

गत मङ्सिर १० गते बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयले लेखा अधिकृत उर्मिला भट्टराईलाई पनि गाउँपालिकामा पठाएको थियो । आयोगको सिफारिसपत्र अनुसार लेखा अधिकृत भट्टराईलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ दफा १७ बमोजिम गाउँपालिकामा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ तर उनी पनि तीन दिन मात्रै कार्यालयमा हाजिर भएर बिदा बसेकी थिईन्  । त्यसपछि बिदाकै अवधिमा विभिन्न बहाना बनाएर काज सरुवा गरेर कार्यालयमा उपस्थित नभएको दोरम्बा शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोले बताए । 

यसै गरी बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दोरम्बा शैलुङ गाउँपालिकाको लेखा शाखा सञ्चालनको लागि सरुवा पठाएको कर्मचारी लक्ष्मीराज जोशी पनि अटेर गरी गाउँपालिका गएका छैनन् । जोशी अहिले मन्थली नगरपालिकामा कार्यरत छन्  । मुख्यमन्त्री कार्यालयले गत पुस २२ गते लेखापाल जोशीलाई गाउँपालिकामा सरुवा पठाएको थियो । करिब दुई महिना बित्न लाग्दासमेत जोशी सरुवा भएको गाउँपालिकामा गएर हाजिर गरेका छैनन् । लेखापाल जोशीले आफूलाई सरुवाबारे कुनै जानकारी नभएको र सरुवा पत्र पनि नआएको बताएका छन् । लेखापाल जोशीले भने, “जुन पालिकामा अहिले म काम गर्छु, त्यो पालिकामा सरुवा पत्रै आएको छैन । मेरो पालिकामा आधिकारिक निकायबाट पत्र नआई बाँकी के गरौँ ? मेरो कार्यक्षेत्र मन्थली नगरपालिका नै हो ।” मुख्यमन्त्री कार्यालयले गत पुस २२ गते नै लेखापाल जोशीको सरुवाको पत्र पठाइसकेको छ । यता लेखापाल जोशीले स्थानीय तहमा रहेको सूत्र प्रणालीको प्रयोग गर्न नसक्ने भएकाले नगएको र यस विषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग पनि बसेर कुरा गरेको बताए ।   

उनले भने, “स्थानीय तहमा सूत्र प्रणालीको प्रयोग हुन्छ । सूत्र प्रणालीको प्रयोग नगरी सिधै एउटा शाखाको जिम्मेवारी वहन गर्न सकिँदैन । यही कारणले म त्यहाँ नगएको । प्रमुख प्रशासकीय अधिकृतसँग पनि बसेर सिक्दै छु । काम सिक्न एक–दुई महिना लाग्छ । पत्र आएको छैन, आएपछि केही समयमा जान्छु ।”

यता दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले नियुक्त भएका कर्मचारी पनि पालिकामा हाजिर भएर नियमित काममा नआउँदा समस्या भएको बताए । उनले गीता खनालले आफूहरूको फोनसमेत नउठाई बसेको बताए । उनले भने, “कर्मचारीको यस्तो अराजक प्रवृत्तिका कारण नै देश बर्बाद भयो । यस्ता कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन आवश्यक छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending