Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा कर्मचारी नहुँदा आर्थिक कारोबार ठप्प

कर्मचारीको अटेरी तीनदिन हाजिर गर्दै सुगममा जाँदै

खबरडबली संवाददाता

रामेछाप  ।  रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा लेखाका कर्मचारी नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।चालु आर्थिक वर्षको साउन महिनादेखि गाउँपालिकामा लेखा अधिकृत नहुँदा गाउँपालिकाको अर्थिक कारेबार ठप्प भएको हो ।

गत साउनदेखि गाउँपालिकामा तीन जना लेखा अधिकृत आउँदै हाजिर गर्दै फिर्ता भएका छन् । विभिन्न बहानाबाजी गरेर उनीहरू तीन दिन मात्रै कार्यालयमा हाजिर भएर फेरि फर्किएका छैनन् । जसले गर्दा गाउँपालिकाको आर्थिक गतिविधि ठप्प हुन पुगेको दोरम्बा शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले बताए । 

लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन नसकेका उनले बताए । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि ठप्प भएको छ । 

दोरम्बा शैलुङ गाउँपालिकामा सरकारले आठ महिनाको अवधिमा चार जना लेखाका कर्मचारी पठाइसकेको छ । सरकारले खटाएर पठाए पनि उनीहरू गाउँपालिकामा नबस्दा गाउँपालिकाको लेखा शाखा अहिले कर्मचारीविहीन अवस्थामा रहेको  छ । 

कर्मचारीको अटेरी

गाउँपालिकामा गत साउन महिनामा दण्डपाणि पौडेल लेखा अधिकृतको रूपमा आएका थिए तर कार्यालयमा हाजिर भएर तीन दिनभन्दा बढी पौडेल पनि गाउँपालिकामा बसेनन् । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार गाउँपालिकामा लेखा अधिकृतका रूपमा गीता खनाल आएपछि पौडेल बागमती प्रदेश उद्योगमन्त्रीको सचिवालयमा सरुवा भएकी थिईन् । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयले लेखा अधिकृत खनाललाई २०८० कात्तिक १७ गते बढुवा नियुक्ति तथा पदस्थापन गरेर दोरम्बा शैलुङ गाउँपालिकामा पठाएको थियो तर लेखा अधिकृत खनाल विभिन्न बहाना बनाएर बिदासमेत नलिई कार्यालयमा उपस्थित नै नभएको गाउँपालिकाले जनाएको छ ।  लेखा अधिकृत खनालको पालिकामा अनुपस्थित रहेको र उनको बिदा पनि  स्वीकृत नभएको बताइएको छ ।  अहिले पनि खनाललाई पालिकामा गएर कार्यसम्पादन गर्न अनुरोध गर्दा गाउँपालिका जान अटेर गरिरहेको बागमती प्रदेश मुख्यमन्त्री कार्यालय प्रशासन शाखाका कर्मचारी विनोद पौडेलले बताए । 

उनले भने, “अधिकृत खनालले विभिन्न बहाना गरेर हाजिर नै नभई सरुवा माग गर्नुभएको थियो । सामान्य बढुवा वा सरुवामार्फत पोस्टिङ भएको दुई वर्षसम्म त्यो कर्मचारीलाई नचलाउने व्यवस्था छ । खनाललाई अहिले केही गर्न नसकिने जवाफ दिइएको र पोस्टिङ भएको ठाउँमा गएर काम गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरिरहनुभएको छ । उहाँलाई हाजिरै नभई अर्को ठाउँमा सरुवा दिने अवस्था छैन । सबै सुगम खोज्छन्, दुर्गममा कोही जान मान्दैनन् । जे माग्यो त्यही गर्ने, कानुनको पालना नगर्ने हो भने हुँदैन ।” अब यसरी अटेर गर्ने कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित पालिकाका अध्यक्षलाई अनुरोध गरेको पौडेलले बताए । 

गत मङ्सिर १० गते बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयले लेखा अधिकृत उर्मिला भट्टराईलाई पनि गाउँपालिकामा पठाएको थियो । आयोगको सिफारिसपत्र अनुसार लेखा अधिकृत भट्टराईलाई स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ दफा १७ बमोजिम गाउँपालिकामा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ तर उनी पनि तीन दिन मात्रै कार्यालयमा हाजिर भएर बिदा बसेकी थिईन्  । त्यसपछि बिदाकै अवधिमा विभिन्न बहाना बनाएर काज सरुवा गरेर कार्यालयमा उपस्थित नभएको दोरम्बा शैलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोले बताए । 

यसै गरी बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दोरम्बा शैलुङ गाउँपालिकाको लेखा शाखा सञ्चालनको लागि सरुवा पठाएको कर्मचारी लक्ष्मीराज जोशी पनि अटेर गरी गाउँपालिका गएका छैनन् । जोशी अहिले मन्थली नगरपालिकामा कार्यरत छन्  । मुख्यमन्त्री कार्यालयले गत पुस २२ गते लेखापाल जोशीलाई गाउँपालिकामा सरुवा पठाएको थियो । करिब दुई महिना बित्न लाग्दासमेत जोशी सरुवा भएको गाउँपालिकामा गएर हाजिर गरेका छैनन् । लेखापाल जोशीले आफूलाई सरुवाबारे कुनै जानकारी नभएको र सरुवा पत्र पनि नआएको बताएका छन् । लेखापाल जोशीले भने, “जुन पालिकामा अहिले म काम गर्छु, त्यो पालिकामा सरुवा पत्रै आएको छैन । मेरो पालिकामा आधिकारिक निकायबाट पत्र नआई बाँकी के गरौँ ? मेरो कार्यक्षेत्र मन्थली नगरपालिका नै हो ।” मुख्यमन्त्री कार्यालयले गत पुस २२ गते नै लेखापाल जोशीको सरुवाको पत्र पठाइसकेको छ । यता लेखापाल जोशीले स्थानीय तहमा रहेको सूत्र प्रणालीको प्रयोग गर्न नसक्ने भएकाले नगएको र यस विषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग पनि बसेर कुरा गरेको बताए ।   

उनले भने, “स्थानीय तहमा सूत्र प्रणालीको प्रयोग हुन्छ । सूत्र प्रणालीको प्रयोग नगरी सिधै एउटा शाखाको जिम्मेवारी वहन गर्न सकिँदैन । यही कारणले म त्यहाँ नगएको । प्रमुख प्रशासकीय अधिकृतसँग पनि बसेर सिक्दै छु । काम सिक्न एक–दुई महिना लाग्छ । पत्र आएको छैन, आएपछि केही समयमा जान्छु ।”

यता दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले नियुक्त भएका कर्मचारी पनि पालिकामा हाजिर भएर नियमित काममा नआउँदा समस्या भएको बताए । उनले गीता खनालले आफूहरूको फोनसमेत नउठाई बसेको बताए । उनले भने, “कर्मचारीको यस्तो अराजक प्रवृत्तिका कारण नै देश बर्बाद भयो । यस्ता कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन आवश्यक छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: