Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सेना परिचालनबारे राष्ट्रपति र सेनाले मुख खोले

\"rastrapatiकाठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले टीकापुर घटनापछि सेना परिचालन भएको विषयमा भ्रम उत्पन्न भएकाले प्रस्ट पार्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ गृहमन्त्री वामदेव गौतमले सेना परिचालन भएको बताएपछि भ्रम र अन्योल बढेको उनको भनाइ छ । ‘गृहमन्त्री वामदेव गौतमले संसद्मा सेना परिचालन भनेर बोल्दिनुभयो । अन्तरिम संविधानअनुसार यसरी सेना परिचालन हुँदैन,’ भेटबारे जानकारी दिँदै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नयाँ पत्रिकासित भने, ‘कुनै जिल्लामा असहज भए गृहमन्त्रीले बोल्नुपर्ने विषय होइन । स्थानीय प्रशासन ऐनअन्तर्गत सिडिओले नै गर्न सक्छन् । तर, गृहमन्त्रीले संसद्बाट बोलिदिएपछि मान्छेहरूलाई भ्रम भयो । उनीहरूलाई अन्योल नबनाउनुस्, संविधान र कानुन हेरेर बोल्नुपर्‍यो भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको हो ।’ यसैगरी, राष्ट्रपति डा. यादवले सबैलाई समेटेर संविधान निर्माण गर्न पनि प्रधानमन्त्री कोइरालालाई सुझाब दिएका छन् । कोइरालाले मधेस र थारू समुदायको असन्तुष्टिपछि वार्ता र संवाद गर्न पत्र पठाएको जानकारी गराएपछि राष्ट्रपतिले धन्यवाद दिँदै सबैलाई समेट्न सुझाब दिएका हुन् । ‘प्रधानमन्त्रीले पछिल्लो समयमा शान्तिसुरक्षा, संविधान निर्माणसहित मधेसी दललाई वार्ताका लागि पत्र पठाएको जानकारी दिनुभयो,’ दाहालले भने, ‘वार्ताका लागि चिठी लेखेकोमा राष्ट्रपतिले धन्यवाद दिँदै सबैको भावनालई समेटेर संविधान बनाउनुपर्छ भन्नुभएको छ ।’ प्रधानमन्त्रीसँगै वनमन्त्री महेश आचार्य पनि थिए । स्थानीय प्रशासनको लिखित आदेशमा खटिएका हौँ : सेना कैलालीसहितका जिल्लामा भएका प्रदर्शन हिंसात्मक र अराजक बन्दै गएपछि स्थानीय प्रशासनको लिखित आदेशमा ती क्षेत्रमा खटिएको नेपाली सेनाले प्रस्ट पारेको छ । सामाजिक सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको भावनामा समेत गम्भीर असर पर्ने अवस्था आएकाले प्रशासनकै लिखित अनुरोधमा सेना खटाउनुपरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘स्थानीय प्रशासनले आफ्नो जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दंगाक्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन कायम गर्न नेपाली सेनाको सहयोग लिन सक्ने व्यवस्था स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ ९ख० मा भएकोमा सोहीबमोजिम शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा नेपाली सेना खटिएको हो,’ सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोही प्रावधानको आधारमा नेपाली सेनाले दंगाग्रस्त क्षेत्रमा शान्ति सुव्यवस्था, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम गर्न स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन तथा सोही घटनाबाट प्रभावित भएका सुरक्षाकर्मीलाई सहयोग गरी मनोबल उच्च पार्नका लागि समेत स्थानविशेषमा खटिई नेपाली सेनाले अहं भूमिका खेलेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending