काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या र प्रशासन सचिव देवकुमारी गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा गएकी छन् । राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् प्रशासन सेवाका सचिव गुरागाईँ नेपाल सरकारको सचिवको पाँच वर्षे पूर्ण कार्यकाल पुरा गरेर शनिवारदेखि अनिवार्य अवकाशमा गएकी हुन् ।
पाँच वर्ष अघि उनी नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवबाट सचिवमा बढुवा भएकी थिइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या तथा प्रशासन सचिवको जिम्मेवारीमा रहनु अघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवको जिम्मेवारीमा थिइन् । गुरागाईँ मुख्यसचिव डा. वैकुण्ठ अर्यालपछि नेपाल सरकारका विशिष्ट श्रेणीमा कार्यरत ७३ जना सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव थिइन् ।
उनी अनिवार्य अवकाशमा गएसँगै निजामती सेवाको विशिष्ट श्रेणीमा सात जना मात्रै महिला रहेका छन् । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस तथा नियुक्त भएसँगै विशिष्ट श्रेणी अर्थात् सचिव पदमा आठ जना महिला रहेका थिए । अहिले गुरागाईँ अनिवार्य अवकाशमा गएसँगै एक जना घटेर सात जना महिलामा झरेको छ ।
गुरागाईँ सचिवबाट अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवाको एक जना सचिवको पद रिक्त भएको छ ।
रिक्त रहेको पदमा अब वरिष्ठताका आधारमा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव चूडामणि पौडेल, सुदूर पश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिव डा। हरि लम्साल र कोशी प्रदेशका कामु सचिव केदारनाथ शर्माको नाम सचिव बढुवाका लागि सिफारिस हुनेछ ।
जसमध्ये एक जनालाई सरकारले सचिव पदमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा भएमा पौडेल नै सचिवमा बढुवा हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: