Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

रोजेरै मन्त्रालय लिएका कारण काम गर्न नसकेका दिन आफैं बाहिरिने वाग्लेको प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।  बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यस्तो बताएका हुन् । 

यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने उनको भनाइ छ ।  उनले भने– ‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौं, काम देखाउन आएका हौं ।’ ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा रहेको बताउँदै  उनले भने,– ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं, प्रश्न गर्‍यौं । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौं ।’

वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरु रोजेरै लिएका छौं, गर्न नसकेका दिन आफैं बाहिरिन्छौं, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौं, उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’ रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरुसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्व हुने जवाफ दिए ।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीलगायत विश्वका विभिन्न नेताको उदाहरण दिँदै उनले सरकारको नेतृत्व गर्न मन्त्री भएर अनुभव लिँदा फाइदा हुने आशय व्यक्त गरे । ‘फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीले चासो राख्न सक्नुहुन्छ तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छाडिदिनुहोला’, वाग्लेले भने ।

राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भन्दै उनले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने बताए । ‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेक मेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौं’, वाग्लेले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending