NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

बन्दले पर्यटन व्यवसाय धरासायी

touristलुम्बिनी । लगातारको बन्द र हडतालका कारण यस क्षेत्रको पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको छ । गत वैशाखमा गएको विनाशकारी भूकम्पको त्रास हट्न नपाउँदै सुरु भएको बन्दका कारण पर्यटन व्यवसाय मारमा परेको हो । विदेशी पर्यटकले कहिल्यै खाली नहुने विश्व गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनी यो वर्षको सुरुदेखि नै लगभग सुनसान छ । गत वर्षको अगस्त महिनामा जम्मा १७ हजार ७७६ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाको तथ्याङ्क छ । तर यो वर्षको अगस्त महिनाको तथ्याङ्कले जम्मा नौ हजार ९९४ पर्यटकमात्र नेपाल भित्रिएको देखाउँछ । केही दिनदेखि जारी बन्दका कारण पर्यटक आगमन झनै घटेको देखिन्छ । भदौ १ गते सुनौली नाका हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या ९५५ रहे पनि त्यसपछि भैरहवा क्षेत्रमा भएका झडपका कारण भदौ ५ गते जम्मा २४ जना पर्यटक नेपाल भित्रिएका छन् । भूकम्पका कारण नेपालका पर्यटकीय क्षेत्र असुरक्षित छन् भन्ने भ्रम अन्य देशमा फैलिएर तहसनहस अवस्थामा पुगेको पर्यटन व्यवसाय नेपालका राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाले गरेका लगातारका बन्दले प्रत्यक्ष प्रभावित बनेको छ । अध्यागमन कार्यालय बेलहियाका अधिकृत आनन्द पौडेल भन्छन् –‘अहिले श्रीलङ्काली पर्यटक लुम्बिनी आउने मौसम हो, तर नेपालमा संविधान निर्माणको क्रममा हालै भएका आन्दोलनले उनीहरू यहाँ आउन त्रसित छन् ।’ थरुहट सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाले साउनको अन्तिम सातादेखि गर्दै आएको आन्दोलन जारी छ । आन्दोलनकै क्रममा हुने झडप देखेर पर्यटक लुम्बिनी आउने यात्रा स्थगित गरेर फर्किने गरेका छन् । यो बन्दको बीचमा करिब ६०० जति पर्यटक बेलहियाबाट नै फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । केन्द्रीयस्तरको बन्द स्थगन नभएसम्म अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि कमजोर नै रहने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटककै लागि भनेर खोलिएका होटलहरू पर्यटक नहुँदा बन्द हुने अवस्थामा छन् । अन्य आर्थिक क्षेत्र छोडेर पर्यटक आगमनबाट मात्र हुने दैनिक करिब रु एक करोड नोक्सान बेहोर्नुपरेको सिद्धार्थ एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स ९साट्टा० का अध्यक्ष सागर अधिकारीको भनाइ छ । तराई बन्द भएको आज १४औँ दिनमा प्रवेश गरेको छ । उनका अनुसार पर्यटक नआउँदा मात्र लाग्ने घाटा १३ करोडभन्दा बढी हुन आउँछ । स्वतःस्फूर्त रुपमा पर्यटक नेपाल आउने वातावरण नभएसम्म पर्यटन व्यवसाय घाटामै रहने उनको भनाइ छ । नेपालका पर्यटकीयस्थल  सुरक्षित  छन्, पर्यटक जानका लागि कुनै अवरोध छैन भन्ने सन्देश फैलाउन यस क्षेत्रका होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरूको टोली आइतबार भारतको आगरा, वनारस, कानपुरलगायतका स्थानमा प्रस्थान गरेको छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page