Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

माओवादी केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग

आफू निकटलाई मात्रै जिम्मेवारी दिने र अरूलाई पाखा लगाउने प्रवृत्ति बढेपछि पार्टी परित्याग

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । 

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् । 

कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् । ‘पार्टी एक प्रकारले गुटहरूको महासंघजस्तो भयो । नेताहरूलाई आफू निकटलाई मात्रै जिम्मेवारी दिने र अरूलाई पाखा लगाउने प्रवृत्ति बढेपछि मैले त्यो पार्टीमा बसेर हुँदैन भन्ने निष्कर्ष निकालेको छु’, शर्माले भने, ‘यस विषयमा मैले पार्टी अध्यक्षलगायत जिम्मेवारी पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको थिएँ । तर भेटमा उहाँहरू तपाईंले उठाएको कुरा गम्भीर हो भन्छन्, छुटेपछि बिर्सिन्छन् । यहाँ बस्नु समय बर्बाद गर्नु मात्रै हो भन्ने लागेपछि मैले पार्टी छाड्ने निर्णय गरेको हुँ ।’

शर्माको राजीनामा पत्र यस्तो छ–

आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
विषय– राजीनामा

३ वर्षको भूमिगत जीवन र १५ वर्षको खुल्ला ९संसदीय० राजनीतिमा आदरणीय अध्यक्ष क। प्रचण्डसँग केन्द्रीय समितिमा रही काम गर्ने अवसर प्राप्त भयो । यो अवधिमा वहाँ लगायतका नेताहरूसँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यावाद दिन चाहन्छु ।

नेकपा माओवादी पार्टीको असल नीति र क्रान्तिकारी नेतृत्वकै कारण मैले सरकारी सेवाबाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरें । जनयुद्धको दौरान आफू सौभाग्यवश पटक–पटक बाँच्न सफल भए पनि आफ्नो परिवारको सदस्यले शहादत प्राप्त गरे । म निर्वाचित संविधान सभा सदस्य पद माओवादीकै कारण राजीनामा नै दिएँ । म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमान्दारीपूर्वक देश र जनताको पक्षमा दुई दशकसम्म योगदान गर्ने अवसर प्राप्त गरेँ ।

माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको अनुभूति हुन्छ । माओवादी पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचान सहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्ण समानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, नि:शुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन, महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।

सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिकजसो अभिव्यक्तिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण हुनु । १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्तत अँध्यारो दिशा तर्फ धकेलेको महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन । तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा ९माओवादी केन्द्र०को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending