Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बागमतीका पाँच जिल्लामा एकीकृत समाजवादीको अधिवेशन सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख तेस्रो सातासम्म अधिवेशन सम्पन्न भइसक्ने जनाइएको छ ।

गत जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मङ्सिर ३० र ३१ गते दोलखा र यही चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न गरिएको हो । सिन्धुपाल्चोकमा पनि अधिवेशन सम्पन्न भइसकेको छ ।  सिन्धुपाल्चोकमा विनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भीम दाहाल, काभ्रेमा वसुन्धरा हुमागाईँको नेतृत्वमा गठित जिल्ला कमिटीले साङ्गठनिक विस्तार गर्दै आइरहेका छन् । काभ्रेमा अध्यक्ष र सचिव बाहेकका पदहरूमा प्रत्यक्ष निर्वाचन भएको थियो । त्यस्तै आगामी वैशाख १५ र १६ गते मकवानपुर जिल्ला सम्मेलनको मिति तोकिएको छ ।

यसैबीच पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन केन्द्रित बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ओलोकनगरमा जारी बैठकमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा प्रस्तुत ‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा छलफल चलिरहेको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल गरिएको छ ।

बैठकमा सो प्रस्तावमाथि छलफल सकिएपछि पार्टी उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले साङ्गठनिक दस्तावेज प्रस्तुत गर्ने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिईन् । महाधिवेशनमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज, सम्मानित नेता खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष भुसालले पार्टी विधान र महासचिव भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको थियो ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्न तयारी तीव्ररूपमा थालेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ ।  बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।   मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ह...

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६...

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ ...

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द, दुई हजार बढी मजदुर बेरोजगा

जनकपुर ।  आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्...

बझाङमा ४० प्रतिशत मतदान

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत सु...

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् ।  विवाहका लागि...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

पर्सा ।  पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies