काठमाडौं । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ साल चैत २६ गते पुनःस्थापना भएको थियो ।
३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरण गर्दा चैत २४ गते राजधानीसहित देशका मुख्य मुख्य शहरमा भएको जनउभार र जनताको बलिदानीपूर्ण सहभागिताले निरंकुस पञ्चायति व्यवस्थाका शासकहरु घुँडा टेक्न वाध्य भएका थिए । प्रजातन्त्र पुनस्र्थापना भएको ३६ वर्ष हुँदैछ । यो अवधिमा धेरै राजनीतिक दलहरुले कार्यकारी सरकारको नेतृत्व लिए । तर जनताको आशा बमोजिम देशको उन्नति र विकास हुन सकेन ।
युग सुहाउँदो र दू्रत गतिमा विकास हुन नसक्दा आज पनि नागरिकमा उत्तिकै निरासा र आक्रोस छ । यसलाई संवोधन गर्न प्रजातन्त्र पक्षधर राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर देशको लागि केही गर्ने बेला आएको छ । जनताको सर्वोच्चतासहित देशमा वास्तविक लोकतन्त्रको प्रत्याभूति हरेक जनताले गर्न सकोस् भन्ने ध्येयका साथ जनआन्दोलनमा आम नागरिकहरु होमिएका थिए । तर उनीहरुको त्यो आशा अझै पुरा भएको छैन । अहिले देशमा ‘लोकतन्त्र आएको हो कि लुटतन्त्र आएको हो ?’ भनेर आमनागरिक राज्यमाथि नै प्रश्न गर्न थालेका छन् ।
देश भ्रष्टाचारले हसनहस पारेका घटनाहरु एक पछि अर्को गर्दै आइरहेका छन् । अहिले आम जनताहरु निराश भएका र जनताको निराशामा निकास र बदलावका लागि दलहरुले कार्यक्रम लिएर आउन सकेका छैनन् । ०४६ पछिका विभिन्न आन्दोलनको उपलब्धी संस्थागत हुन सकेको छैन । संविधान सभामार्फत जारी भएको संविधानले पनि जनता ठग्नेभन्दा बाहेक अर्को कुनै काम गर्न नसकेको उनले बताए । संविधानमा सबै चिज भएपनि जनताले केही पनि पाउन नसकेको उनको भनाइ छ । संविधानले धेरै छोटेराजा जन्माउने काम गरेको टिप्पणी गरे ।
नेताहरुले नेपाली जनतालाई ढाँट्ने र ठग्ने काम गरेको दाबी गर्दै उनले देशमा व्यप्त बेथिति, भ्रष्टाचार र कुसासनबिरुद्ध समाजका सबै वर्ग, लिंग, क्षेत्र र समुदायका व्यक्तिहरुले दलिय स्वार्थभन्दा माथि उठेर सुशासन र विकासका लागि एक पटक दबाबमुलक अभियान संचालन गर्नु पर्ने देखिन्छ । नेपाली जनताको अधिकारलाई स्थापित गर्नका निमित्त शान्तिको देश भनेर विश्वले चिन्नेको नेपालमा शान्तिपूर्ण र वैधानिक दबाबको खाँचो देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: