Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

वार्तामा बस्न मधेसी र थारुका शर्त यस्ता छन्

\"madhesi\"काठमाडौं । प्रधानमन्त्रीले वार्ताका लागि अपिल गर्दै औपचारिक पत्र पठाएको चार दिनपछि शनिबार मधेसी मोर्चा र थारु संघर्ष समितिले सरकारलाई लिखित जवाफ पठाएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सरकारले गत बुधबार दुवै पक्षलाई वार्ताका लागि पत्र पठाएको थियो।   दुवैले सरकारले उचित वातावरण बनाएपछि मात्रै वार्तामा बस्ने बताएका छन् । मधेसी मोर्चा र थारु संघर्ष समितिले शनिबार प्रधानमन्त्रीलाई पठाएको जवाफमा संविधानको विधेयक फिर्ता हुनुपर्ने र कैलालीको टिकापुरलगायतका क्षेत्रमा परिचालन गरिएको सेना अविलम्ब ब्यारेका फिर्ता पठाउनु पर्ने सर्त राखेका छन् ।   दुबै पक्षबाट आएका लिखित जवाफका सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका कांग्रेसका नेताहरुबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, कानुन तथा न्याय मन्त्री नरहरि आचार्यलगायतका पार्टीका केही नेताहरु सहभागी थिए। असन्तुष्ट पक्षका माग र मुद्दालाई कसरी समेट्न सकिन्छ भनेर भोलि अन्य दलसँग पनि थप परामर्श गरिने छ। मधेसी मोर्चाका सर्लाहीको मलंगवामा बसेको बैठकले प्रधानमन्त्री कोइरालालाई सम्बोधन गर्दै पठाएका पत्रमा संविधानसभामा छलफलका लागि लगिएको संविधानको विधेयक खारेज हुनु पर्ने, कैलाली लगायतका मुलुकका विभिन्न भागमा परिचालन गरिएको सेना ब्यारेकमा फिर्ता पठाउनु पर्ने, टिकापुर, रुपन्देही, रौतहट सप्तरी घटनाको छानवीन हुनुपर्ने, मोर्चा र संघर्ष समितिको आन्दोनलमा मृतक भएकालाई शहीद घोषणा गर्नु पर्ने, घाईतेहरुको निशुल्क स्वास्थ्योपचार हुनुपर्ने, थारु बस्तीमा पुगेको क्षतीको उचित क्षतीपूर्ति दिनुपर्ने, तत्कालिन सरकार र मधेसी मोर्चाबीच २०६४ फागनु १६ गते भएको आँठ बुँदे सम्झौताको कार्यान्वयन हुनुपर्ने लगायत रहेको छन् । प्रधानमन्त्रीलाई पठाएको पत्रमा मोर्चाका नेताहरु संघीय समाजवादी फोमर नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र रायले हस्ताक्षर गरेको जानकारी सद्भावनाका महासचिब मनिषकुमार सुमनले हस्ताक्षर गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending