Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

२२ वर्षमा जसले खुशी फर्काए

\"football\"काठमाडौं । २२ वर्षको उपाधिविहीन यात्रा अन्त्य गर्दै नेपाली यू–१९ राष्ट्रिय टोलीले पहिलो दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको मैदानमा शनिबार भएको फाइनल खेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै नेपालले उपाधि पक्का गरेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा नेपालले बाजी मारेको हो । टाइब्रेकरमा नेपालको पाँचै प्रहार गोलमा परिणत भएको थियो भने गोलरक्षक सोजित गुरुङले भारतीय टोलीको पहिलो प्रहारलाई विफल तुल्याएका थिए । टस जिती पहिलो पेनाल्टी प्रहार गर्न आएका भारतका मोइनुदिनको प्रहारलाई सोजितले विफल तुल्याइदिएका थिए । त्यसपछि हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, द्रोण थापा र अनन्त तामाङले लगातार गोल गर्दै नेपाललाई उपाधि दिलाए । भारतका लागि हइदेन फर्नान्डेस, सार्थक गौली, कप्तान डाइयल लाहलिम्पुइया र सहबाजको प्रहार गोलमा परिणत भएको थियो । नेपाली फुटबलले सन् १९९३ यता जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि बन्यो । १९९३ मा बंगलादेशमा भएको छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा नेपाली सिनियर राष्ट्रिय टोलीले स्वर्ण जितेको थियो । त्यसयता नेपाली फुटबलले ९सिनियर र उमेर समूहमा० कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेन । यो अवधिमा नेपाली फुटबलले मात्र दुई फाइनल खेल्यो । ती दुबै फाइनलमा नेपाल उपाधिबाट वञ्चित हुन पुग्यो । नेपालले सन् १९९९ मा काठमाडौंमै भएको आठौँ साग खेलकुदअन्तर्गत फुटबलतर्फको फाइनल खेलेको थियो ।   यद्यपि, फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुन पुगेपछि नेपाल आफ्नै घरमा भएको प्रतियोगिताको उपाधिबाट वञ्चित भयो । त्यसपछि नेपाली यू–१६ टोलीले सन् २०१३ मा काठमाडौंमै साफ यू–१६ च्याम्पियनसिपको फाइनल खेल्यो । यसपटक पनि नेपाली टोली भारतीय टोलीलाई नतिजा सुम्पिँदै उपाधिबाट टाढै रह्यो । सोही यू–१६ टोलीका खेलाडीको बाहुल्यता रहेको नेपाली यू–१९ टोलीले यसपटक फाइनलमा भारतलाई नै पराजित गर्दै उपाधि जित्न सफल भएको छ । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन र कप्तान विमल घर्तीमगरको भनाइलाई विश्वास गर्ने हो भने नेपालले उपाधिसँगै भारतसँग बदला लिएको छ । ‘ २२ वर्षको उपाधिविहीन अवस्थाको अन्त्य गर्न सफल भएका छौँ, यो मेरो खेलजीवनकै अविस्मरणीय क्षण हो,’ पोस्ट म्याच कन्फरेन्समा प्रशिक्षक महर्जनले भने, ‘त्यससँगै हामी भारतविरुद्ध बदला लिन पनि सफल भएका छौँ, यो जितले सायद सबैलाई खुसी दिलाएको छ ।’ कप्तान विमलले पनि फाइनलमा भारतलाई पराजित गर्ने लक्ष्य पूरा भएको बताए । ‘हामी बारम्बार भारतसँग पराजित भइरहेका थियौँ, त्यसैले हामी फाइनलमा भारत नै परोस् र उसलाई पराजित गर्दै उपाधि जित्छौँ भनेर सल्लाह गथ्र्यौं,’ विमलले भने, ‘आज पूरा भएको छ ।’ अन्तिम तीन मिनेट सम्हालिन नसक्दा टाइब्रेकर साफले यू–१९ उमेर समूहमा पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उपाधिका लागि नेपालले अन्तिम तीन मिनेट सम्हालिन नसक्दा टाइब्रेकरसम्म कुर्नुपर्‍यो । निर्धारित समयको खेलमा नेपालले पहिलो हाफमै अग्रता लिएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ३१औँ मिनेटबाट नेपालले अग्रता बनाएको थियो । सुनील बलको कर्नरमा डिफेन्डर अनन्त तामाङको हेडिङ भारतका गोलरक्षक सायक बराईको शरीरमा लागेर फर्कियो । सोही बललाई ‘ट्याप’ गर्दै तेज तामाङले नेपाललाई १–० ले अघि राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending